1478958692 banner ad format

 
 

काठमाण्डौ । सर्वोच्च अदालतको आदेशपछि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुन: पक्राउ गरेपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' आक्रोशित बनेका छन् ।

उनले बिहिबार राती विज्ञप्ति जारी गर्दै आक्रोश व्यक्त गरेका हुन् ।

बिज्ञप्तिमा श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी महासचिव बिप्लवले दिएका छन् । 

विप्लवले भनेका छन्, ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई स-सम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं ।’

विप्लवले प्रहरीले पार्टीका नेता तथा कार्यकर्तालाई दिन-दिनै अपहरणको शैलीमा पक्राउ गरी वेपत्ता बनाउने काम गरिरहेको समेत आरोप लगाएका छन् । भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई पक्राउ गरी वेपत्ता बनाएको नेकपाको दाबी छ ।

यस्तै नेकपाका पोलिटब्यूरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरू किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood