1478958692 banner ad format

 
 

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेल पक्राउ परेकी छिन् । प्रहरी टोलीले भुजेललाई बालाजुबाट मंगलबार नियन्त्रणमा लिएको हो ।

नेकपाको पोलिटव्यूरो सदस्यसमेत रहेकी भुजेललाई व्यापारीसँग जबरजस्ती चन्दा उठाएको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नेत्री भुजेल माओवादी जनयुद्धमा गोरखा ‘जेल ब्रेक’की कमाण्डरसमेत हुन् । उनी एकीकृत नेकपा माओवादीबाट पहिलो संविधानसभामा सदस्य थिइन् ।

सोही पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रहरी नियन्त्रणमा छन् । प्रहरीले विप्लव नेतृतवको नेकपाका अधिकांश नेता कार्यकर्तामाथि निगरानी बढाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood