1478958692 banner ad format

 
 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किँदै छन् । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिन गएका प्रधानमन्त्री ओली स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्रीको टोली आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ ।

अमेरिकामा रहँदा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood