1478958692 banner ad format

 
 

नेपालगञ्ज । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका २ मौवाखोलामा शनिबार विहान ९ बजे ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

accident

दुर्घटनाग्रस्त माइक्रो बस

बाँकेको राप्तीसोनारी गाउँपालिका– ९ स्थित ठुटेको जंगलमा शनिबार भएको सडक दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । बिहान करिब सवा नौ बजे दाङको तुलसिपुरदेखि बाँकेको नेपालगन्ज जाँदै गरेको रा १ ख १६६२ नम्बरको माइक्रो बस (हाइस) ओभर ट्याग गर्न खोज्दा दुर्घटनामा परेको हो ।


दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

मृतकहरु सबै माइक्रो बसमा सवारहरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्जतर्फ पठाइएको छ । दुर्घटनामा माइक्रोबस पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । अहिले घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनासहितको टोलीले उद्दार कार्यजारी राखेका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood