1478958692 banner ad format

 
 

काठमाडौं । वरिष्ठ पदाधिकारीकोबैठकमा विमस्टेक शिखर सम्मेलनमा छलफल हुने १६ वटा एजेन्डा पनि तय गरिएको छ । कनेक्टिभिटी, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद, अपराधजस्ता विषयलाई शिखर सम्मेलनमा छलफल गर्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए ।

भाेलीदेखि काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा बिमस्टेक ग्रिडबारे हस्ताक्षर हुने भएको छ ।

 बैठकले बिमस्टेकमा आबद्ध सात मुलुकबीच विद्युत् व्यापार तथा क्षेत्रीय रूपमा ऊर्जाको आदानप्रदान गर्न पाउने व्यवस्था गर्न पाउने बाटो समेत खुलाएको हो ।

बैठकले बिमस्टेकको सहकार्यको प्रभावकारितामा केन्द्रित रहेर छलफल गरेको थियो । वरिष्ठ पदाधिकारीको बैठकमा बिमस्टेक विकास कोष स्थापनाको सम्भाव्यता तथा प्रक्रियाबारे छलफल भएको थियो । यसैगरी, सदस्य राष्ट्रले दिएको सुझावअनुसार सहकार्य क्षेत्र पुनः पहिचान, प्राथमिकता क्षेत्र निर्धारण विशषयमा छलफल केन्द्रित रहेको थियो ।

चौथो शिखर सम्मेलनको तयारी, काठमाडौँ घोषणापत्रको अन्तर्वस्तु तथा त्यसको मस्यौदालाई अन्तिम रूप दिने र शिखर सम्मेलनलाई उपलब्धिमुलक बनाउने विषयमा पनि छलफल भएको छ ।

बैठकको अवसरमा भन्सार सहायतासम्बन्धी कार्यदलको प्रतिवेदन, बिमस्टेक यातायात सम्पर्क कार्यदलको प्रतिवेदन, बिमस्टेक तटीय पानीजहाज सम्झौता तथा बिमस्टेक सवारीसाधन सम्झौतासम्बन्धी प्रतिवेदन पेश भएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood