1478958692 banner ad format

 
 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सार्कको विकल्प नभएको बताएका छन् । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको उदघाटन गर्दैै ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताएका हुन् ।

‘नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र बिमस्टेक एक अर्काको विकल्प होइन’, उनले भने । बिमस्टेकलाई विश्वले चासोका साथ हेरिरहेको उल्लेख गर्दै ओलीले जनसङ्ख्या र अर्थतन्त्रको विशालताले बैठकले गर्ने निर्णयले विश्वव्यापी प्रभाव कायम गर्ने धारणा राखे ।

बिमस्टेक संगठनले दक्षिण एशियालाई एशियासँग र हिमाललाई महासागरसँग जोड्ने बिचार व्यक्त गर्दै ओलीले यो क्षेत्रले आर्थिक विकास गर्दै गर्दा कोही पनि पछाडि छुट्न नहुनेमा जोड दिए ।

सम्मेलनको अध्यक्षतासमेत गरिरहेका ओलीले बिमस्टेकले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिण-पूर्वी एसियालाई पनि गास्ने बताए ।

बिमस्टेक सदस्य राष्ट्रहरुको क्षमता साकार पार्न सबैभन्दा पहिला नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा उनको जोड थियो । बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा उनको जोड थियो ।

बिमस्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको उनले सम्मेलनमा बताए । ओलीले भने, ‘हामी आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न एकजुट हुनु आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना पुरा गर्न अन्तर्राष्ट्रिय समूदायको समर्थन र सद्भावबिना आवश्यक रहेको बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood