1478958692 banner ad format

 
 

काठमाडौं । सरकारको आफ्नै त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको तथ्य खुलासा भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको थियो ।

नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकल सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएको हो । बुधबार बिहानको दुर्घटना त्यसैको परिणाम भएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

‘बाटो सहज अवस्थामा थियो, मोटरसाइकल चालक पनि धेरैपटक भिभिआइपीको मुभमेण्टमा खटिएकाले अनुभव प्राप्त हुन् । तर खास कारण नहुँदा पनि कारगेड दुर्घटनामा पर्‍यो । यसलाई हामीले दुःखद मानेका छौँ । अन्तिममा दोष प्रहरीलाई नै आउँछ ।’ नेपाल प्रहरी प्रशासन विभाग अन्तर्गत रहेको प्राविधिक निर्देशनालयका उच्च अधिकारीले भने ।

उनका अनुसार, सरकारलाई यो विषयमा जानकारी गराएर ५० वटा मोटरसाइकल किन्नुपर्ने समेत जनाइएको थियो । तर अर्थ मन्त्रालयले बजेट अभाव देखाएर मोटरसाइकल खरिद गर्न रोकेको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood