1478958692 banner ad format

 
 

कैलाली । बलात्कारका घटना दिनप्रतिदिन बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशका युवती एवम् महिलालाई आत्मरक्षा तालिम दिन सुरु गरिएको छ । आत्मरक्षा तालिमले महिलालाई बलात्कार जस्ता घटनाबाट सुरक्षित राख्नसक्ने सोचले यस्तो तालिम आयोजना गरिएको हो ।

शनिबारदेखि सुरु तालिममा १५ सय भन्दा बढी किशोरी, युवती र महिला सहभागी छन् । राष्ट्रिय गोजुरियो कराँते–दो संघ र प्रदेश सरकारको आयोजनामा यस्तो तालिम आयोजना गरिएको हो ।

कराँते संघले यो अभियान नेपालका सातवटै प्रदेशमा गर्ने बताएको छ । कसैले कपाल, हात वा शरीरका कुनै अंग समात्यो भने कसरी फुत्कने ?, पछाडिबाट अंगालो हाल्यो भने कसरी त्यो छुटकारा पाउने ?, संवेदनशील अंग समात्यो भने कसरी छुटाउने ?, कतै लैजान थाल्यो भने कसरी छुटकारा पाउने ? जस्ता तरिका पनि तालिममा सिकाइने आयोजकले बताएको छ ।

तालिममा धनगढीका विभिन्न विद्यालयका किशोरी पनि सहभागी छन् । धनगढी रंगशालामा पहिलो शनिबार तालिम दिन सुरु गरिएको हो ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कार भएको घटनापछि पनि यस्ता घटना नरोकिँदा आत्मरक्षा तालिम दिइएको बताइएको छ । ‘उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८’ नाम दिइएको यस तालिममा महिलालाई मनोवैज्ञानिक परामर्श पनि दिइने छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, बैतडी, डडेलधुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङमा आर्थिक वर्ष २०७४/०७५ मा मात्रै १४ सय ८० बलात्कारका मुद्दा दर्ता छन्।

 
 
 

प्रकासित मिति

Loading...

 

yummyfood