1478958692 banner ad format

 
 

काठमाडौँ । मदन पुरस्कार गुठीले नीलम कार्की निहारिकाको ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । गुठीले कार्कीलाई मदन पुरस्कार र ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धरलाई प्रदान गर्ने निर्णय गरेको छ । दुबै पुरस्कारको राशि रु दुई लाख रहको छ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले बाल साहित्यको विकास, विस्तारतथा प्रवर्द्धनमा पाँच दशकदेखि समर्पित मानन्धरलाई २०७४ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय भएको बताए । 

मदन पुरस्कारका लागि २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उत्कृष्ट आठमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइँया’, नयनराज पाण्डेको ‘यार’, राज माङ्लाकको ‘लुम्बिनी गाउँ’ र मोहन वैद्यको ‘हिमाली दर्शन’ परेका थिए । 

त्यसमध्येबाट मदन पुरस्कारका लागि विद्रोही चरित्र भएकी ऐतिहासिक पात्र योगमायाको जीवनीमा आधारित ‘योगमाया’ छनोट भएको गुठीद्वारा प्रकाशित विज्ञप्तिमा छ ।

विसं २०१२ मा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिर विद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो । 

विसं २०४५ मा मदन शमशेरकी पत्नी जगदम्बाको निधनपछि उनको सम्झनामा जगदम्बाश्री पुरस्कार स्थापना गरिएको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood