1478958692 banner ad format

 
 

काठमाडौं । नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फका ६ जहाज थन्काएको छ। चालू हालतका आठमध्ये ६ जहाज थन्काएको हो । निगमको बहाना छ- उडाउने पाइलट छैन।

कागजातले भने निगमसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाएको छ। ल्याएको जहाजै नउडाएर गत आर्थिक वर्ष ३५ करोड रूपैयाँभन्दा बढी घाटा खाँदै आएको निगमसँग ६ वटा चिनियाँ जहाज छन्। तीमध्ये दुईवटा ठूला (एम ६०) र चारवटा साना (वाई १२) छन्। निगमले मुस्किलले एउटा ठूलो र एउटा सानो मात्रै उडाउने गरेको छ भने चारवटा जहाज ग्राउन्डेड छन्।

३० वर्षअघिको ट्वीनअटर विमान पनि साउन १८ देखि एयरपोर्टमा ग्राउन्डेड छ। कुनै बेला १२ वटासम्म रहेका ट्वीनअट्टर अहिले तीनवटा मात्र बाँकी छन्। बाँकी दुईमध्ये एउटा उडे अर्काे उड्दैनथ्यो। मुलुकको अति दुर्गम क्षेत्रलाई जोड्ने यी जहाजलाई पनि निगमले पाइलट नभएको भन्दै थन्काइरहेको छ।

निगमसँग ट्वीनअट्टर उडाउने पाइलट १० जना छन्। यीमध्ये आईआर गुरुङ, पी शेर्पा, एम विष्ट, यू सिलवाल र एमबी तुम्बाहाङ्फे पाइलट हुन् भने एमबी शाही, आरके रौनियार, के थापा, बी प्याकुरेल र ए आर्या को-पाइलट छन्। ट्वीनअट्टर उडाउने पाइलटमध्ये गुरुङ, श्रेष्ठ र विष्ट तारा एयरलाइन्सबाट करारमा मासिक १०-१० लाख रूपैयाँ तिरेर ल्याइएको हो।

जहाज बन्द गराएर यि पाइलटलाई निगमले तलब मात्र खुवाइरहेको छ ।

 

प्रकासित मिति

Loading...

 

yummyfood