1478958692 banner ad format

 
 

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पछिल्लो समय देखिएको विवादप्रति कडा आलोचना गरेका छन् । अमेरिकाको न्युयोर्कमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले कुन्ठा पोख्ने काम बन्द गर्नसमेत नेता माधब कुमार नेपाललाई सुझाए । ‘केही मान्छेहरूमा अलिकति कुन्ठा देखिन्छ, त्यो कुन्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरू गरेका छन्,’ ओलीले भने।

ओलीले आफू अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाउन लागेका बेला पार्टीभित्रकै एक समूहबाट भइरहेको गतिविधिको कटाक्षसहित कडा आलोचना गरे । ‘म दुईचार दिन संयुक्त राष्ट्रसंघतिर आएँ । कतिपय नेताहरूले बोलेको सुनियो, लौन, देश डुब्न लाग्यो, कोही त आऊ, बचाऊ ! म फर्केर गइहाल्छु, त्यसकारण यो ठूलो समस्याको कुरो होइन, म नहुनेबित्तिकै अब कसैलाई अलिकति शून्यता भो, छटपटी भो,’ प्रधानमन्त्री ओलीले भने ।

विशेषगरी, सरकारविरुद्ध र पार्टी नेतृत्वविरुद्ध वरिष्ठ नेता माधवकुमार नेपालले संसद्ममा दिएको भाषण र चियापानको नाममा गरिएको भेलाको उनले कडा शब्दमा टिप्पणी गरेका हुन् ।

 

प्रकासित मिति

Loading...

 

yummyfood