1478958692 banner ad format

 
 

१० किलो अवैध सुनसहित गोरखामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका ५८ वर्षीय डुन्डुप लामा र २८ वर्षीय लोप्साङ लामा छन् । 

चीनसँगको खुला सीमाना हुँदै उक्त सुन भित्रिएको हुनसक्ने प्रहरीको अनुमान छ । चीनसँगको खुला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा प्रहरीले कडा ढंगले चेकजाँच गर्ने गरेको भनिए पनि तस्कारीको नयाँ माध्यम अपनाई सुन भित्र्याइने गरिएको प्रहरीको दाबी छ । खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले त्यसलाई नयाँ रुट बनाएको प्रहरीको भनाइ छ ।

‘पक्राउ परेकाहरुबाट पाँच/पाँच किलोको सुनका बिस्कुट भेटिएकोले जिल्लामा झिकाएर अनुसन्धान अघि बढाइएको गोरखा प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood