annapurna add

covid update social cover

आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो ।

११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार काठमाडौं उपत्यकामा १०० जना संक्रमित थपिएका छन् । काठमाडौंमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जनामा नयाँ संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

हाल क्वारेन्टिनमा १४ हजार ४४८ बसिरहेका छन् । पछिल्लो २४ घण्टामा १२४ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाका कारण १०२ जनाले ज्यान गुमाएका छन् । नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ ।

 

 

प्रकासित मिति

Loading...