annapurna add

prachanda kp oli and sher 1

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भलाद्मी स्वभावका र फुकेर पाइला चाल्ने आयुक्त गणेशराज जोशी कार्यवाहक प्रमुख आयुक्त बनेको दुई साता पुगेको छ । यतिखेर आयोगको अर्का आयुक्तमा सावित्री गुरुङ मात्र छिन् । तीनवटा आयुक्त पद खाली छ । नवीन घिमिरेको अवकाशपछि जोशी र गुरुङको टिमले सामान्य विषयका फाइल हेरे पनि महत्वपूर्ण र दूरगामी महत्वका कुनैपनि फाइललाई अघि बढाइ सकेको छैन ।

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिशन मोलमोलाई गरेको भनिएको ‘टेप रेकर्ड’ को पनि अहिलेसम्म प्रमाणिकरण र आधिकारिकता पुष्टिको काम हुन सकेको छैन । अभियोग लगाइएका विजय मिश्रलाई आयोगमा उपस्थितिको लागि दिइएको यसअघिको सात दिनको म्याद पनि घिमिरेको अवकाशसँगै सकिएको छ ।

मिश्र केहि महिनादेखि जापानमा बस्दै आएका छन् । बाँस्कोटामाथि लागेको आरोप आयोगभित्रको प्रहरी टिमले अनुसन्धान गरिरहेको बताइएको छ । आयोगमा सबैतिर गरेर झण्डै चार सय जनाको प्रहरी टिम छ । ओलीले बास्कोटाको सफाई दिन सक्ने गरि आयुक्तको खोजी गरिरहेको अख्तियार निकट स्रोतले बतायो । रिक्त रहेको ३ आयुक्त पदमा देउबा र प्रचण्डले पनि हिस्सेदारी खोजेको उक्त स्रोतले बतायो ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार