annapurna add

नेदरल्याण्ड : म्यानमारकी पूर्वप्रजातन्त्रवादी नेत्री आन सान सूकी अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएकी छन् ।

aan san suki

तीन वर्षअघि रोहिंग्या अल्पसंख्यक मुस्लिम समुदायमाथि म्यानमारको सरकारले गरेको नरसंहारका कारण संयुक्त राष्ट्रसंघीय उच्च अदालतमा सूकी उपस्थित भएकी हुन् । नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत सूकीले आफूमाथि लागेको अभियोगको इन्कार गर्दैआएकी छन् ।

गत नोभेम्बरमा गाम्बियाले अन्तर्राष्ट्रिय अदालतमा म्यानमारमाथि मुद्दा दायर गरेको थियो । अन्तर्राष्ट्रिय अदालतमा पुगेको यो तेस्रो नरसंहारको मुद्दा हो । २०१७ मा म्यानमारको सेनाले अल्पसंख्यक आदिवासी समुदायमाथि बलात्कार, हत्या र शारिरीक यातना दिएको थियो । साथै उनीहरुका घर जलाइँदै लखेटिएका थिए ।

७ लाख ३० हजार रोहिंग्या बंगलादेशबाट लखेटिएपछि आश्रयका लागि म्यानमार पुगेका थिए । १५ वर्षको बन्दी जीवन बिताएपछि नोबेल शान्ति पुरस्कार पाएकी आन सान सूकीको राजनीतिक जीवन पनि यस घटनासँगै आलोचित बनेको छ ।

गत महिना सूकीले 'राष्ट्रिय हितको रक्षा' गर्न आफ्नो राष्ट्रिय टोलीको नेतृत्व गर्दै हेगमा जाने बताएकी थिइन् । हेगमा मुद्दा चलिरहँदा रोहिंग्या समुदायका अगुवा र म्यानमार सरकारका समर्थक दुबै पक्षले प्रदर्शन गर्दैछन् ।

प्रकासित मिति

Loading...

 

ताजा खबर