annapurna add

road


वसन्तप्रताप सिंह बझाङ - १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ । जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिनाकुनै सर्भे डिजाइन दुई–दुई पटक निर्माण गर्दा लाखौं रकम खर्चिएको थियो ।

२०७२ सालमा पहिलो पटक निर्माण थाल्दा पानकोटदेखि डुग्राकोट हुँदै साविक कोटदेवल गाविसको भुवाँढुस्कासम्म डोजरले खनेको थियो । जिविसको डोजर प्रयोग गरेर सडक खनिए पनि यसमा प्राविधिक प्रयोग गरिएको थिएन । स्थानीय अपरेटरको सल्लाहका आधारमा डोजरले सडक खनिएको थियो ।

त्यतिबेला कोटदेवल गाविस र साविक जिल्ला विकास समिति बझाङको करिब ४० लाख रकम खर्च भएको थियो । त्यसमध्ये सोमबार दुर्घटना भएको बिन्दु डौठीबाट डुग्राकोटसम्मको साढे तीन किलोमिटर सडकखण्डमा मात्र २० लाख रुपैयाँ हाराहारीमा रकम डोजरलाई तिरिएको थियो । यति धेरै खर्च गरेर खनिए पनि डौठी–डुग्राकोट खण्डमा गाडी चल्न सकेनन् ।

‘हामीसँग प्राविधिकको सल्लाहअनुसार सडक खन्न पर्याप्त रकम थिएन । जसरी पनि रोड रनाडासम्म पुर्‍याउनुपर्ने थियो,’ तत्कालीन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कलकबहादुर खड्काले भने, ‘त्यसैले गाउँले र डोजर ड्राइभरको सल्लाहमा जताजता छोटो पर्छ त्यतैत्यतै खन्यौं ।’

छोटो दूरीमा सातवटा घुम्ती बनाएर काटिएको सडक काम नलाग्ने भएपछि डौठीबाट डुग्राकोटतिरका घुम्ती छाडेर पछिल्लो पटक सोझै कोटदेवलसम्म बाटो काटिएको थियो । त्यसका लागि मस्टा गाउँपालिकाले २०७४ सालमा पुनः ९२ लाख रुपैयाँ खर्चिएको थियो ।

अर्को पटक सडक काटदा पनि प्राविधिक पक्षको ख्याल गरिएन । गाउँले र डोजर अपरेटर नै इन्जिनियर बने । फलस्वरूप सोमबार दुर्घटना भयो । डौठीको घुम्तीबाट खसेको जिप करिब एक किलोमिटर तल रहेको अनागाड खोला किनारको भीरमा खस्यो । १० जनाले घटनास्थलमै ज्यान गुमाए ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जना मानिस तत्कालीन उपभोक्ता समिति अध्यक्ष खडकाकै आफन्त परे । ‘हामीले सडक नखनेर आफ्नै दाजुभाइको खाल्डो खनेका रहेछौं,’ खडकाले भने, ‘राम्रा इन्जिनियरलाई देखाएर निर्माण गरिएको भए आज यो दिन देख्नुपर्ने थिएन । हाम्रो अल्पज्ञानले आफैंलाई पिरोल्यो ।’

डौठीको घुम्ती अत्यन्तै साँघुरो र ठाडै उकालो भएका कारण सोमबारको दुर्घटना भएको सुरक्षा निकायको निष्कर्ष छ । छंगाछुर भीरमा बनाइएको साँघुरो र उकालो घुम्तीमा गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको भनाइ छ । मस्टा गाउँपालिका १ का वडाध्यक्ष राजेन्द्र खडकाले पनि उकालो घुम्तीमा ग्रेडिङ नमिलेकाले दुर्घटना भएको बताए । ‘इन्जिनियरले हेर्दा त्यो घुम्तीमा तीन मिटर ग्रेड घटाउनुपर्ने उकालो ठाउँलाई तीन मिटर होचो बनाउनुपर्ने सुझाएका थिए । त्यसका लागि आगामी वर्ष बजेट छुट्याउने सल्लाह भएको थियो, त्यसअघि नै यस्तो दुर्घटना भयो,’ उनले भने ।

मापदण्ड पूरा नगरेकैले दुर्घटना निम्तिएको र जिल्लाका अन्य सडकको अवस्था पनि यस्तै रहेको प्राविधिक बताउँछन् । ‘डोजर अपरेटरलाई इन्जिनियर मान्ने गरेका कारण बझाङमा महिनैपिच्छे यस्ता घटना हुने गरेका छन् जिल्ला समन्वय समितिका इन्जिनियर लालबहादुर थापाले भने, ‘जसले जसरी सडक बनाए पनि कतैबाट अनुगमन हुन्न ।kantipurdaily

प्रकासित मिति

Loading...
Loading...

 

Loading...