police kantipathnews

काभ्रे : काभ्रेको  पनौती नगरपालिका ५ बाँसघारीमा सङ्घीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ । प्रहरीको गाडी रोकी राखेको बा १३ च ५०७५ नम्बरको बाेलेरो भ्यानसंग ठोक्कीदा ७ जना प्रहरी घाइते भएका छन् ।

घाइते मध्य एक जना प्रहरीको अवस्था गम्भीर रहेकाले थप उपचारकालागि काठमाडौँ पठाइएको प्रदेश ३ प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

रौतहट : रौतहटमा थुनुवा लिएर जाँदै गरेको प्रहरीको भ्यान दुर्घटना भएको छ। दुर्घटनामा दुई जना थुनुवाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ आउँदै गरेको प्रहरीको भ्यान मंगलबार दिउँसो एक्कासि दुर्घटनामा परेको हो।

उक्त दुर्घटनामा लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नगरपालिका ४ का २० बर्से मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका आरोपी सुनसरीका ४० का रमेशकुमार चौधरीको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँको ‘कमान्ड’मा ६ जना प्रहरीको टोलीसहित चारजना थुनुवाको म्याद थप गर्न लैजानेक्रममा दुर्घटना भएको हो। दुर्घटनामा जिल्ला अदालत गौरमा म्याद थप गर्न लगिएका चन्द्रपुर नगरपालिका–३ का १८ वर्षीय टेकबहादुर थिङ र चन्द्रपुर नगरपालिका–८ का ३९ वर्षीय कुमार गेलाल घाइते भएका छन्।

यस्तै, प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँ, प्रहरी हवल्दारद्वय उमेश यादव र विनोद मण्डल, प्रहरीजवानहरु सन्जीव कार्की, अजयकुमार यादव र हरिकिशोर चौधरी पनि सो दुर्घटनामा घाइते भएका छन्। घाइतेमध्ये चिन्ताजनक अवस्थाका प्रहरीजवान चौधरीलाई थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ।

दुर्घटनाका अरु घाइतेको चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...