1478958692 banner ad format

 
 

दाङ । माओवादी जनयुद्धको उद्गमस्थलका रुपमा परिचित रोल्पामा प्रतिनीधिसभा सदस्यका लागि दुई जना पुनबीच प्रतिष्पर्धा हुने भएको छ ।


मंसिर १० गतेका लागि तय गरिएको प्रदेश र प्रतिनीधीसभा निर्वाचनमा रोल्पामा पुर्व अर्थमन्त्री बर्षमान पुन अनन्त र बर्तमान सिचाई राज्यमन्त्री अमरसिंह पुनबीच प्रतिष्पर्धा हुने भएको हो ।


पुर्व अर्थमन्त्री बर्षमान पुन अनन्त र बर्तमान सिचाई राज्यमन्त्री अमरसिंह पुनमध्ये कसले विजयी हासिल गर्ने हुन् रोल्पामा रहेका एक लाख २७ हजार ६ सय २९ जना मतदाताले भाग्य निर्धारण गर्नेछन् ।


प्रतिनीधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका नेता समेत रहेका बर्षमान पुन अनन्तले बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसको तर्फबाट अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन् ।


यस्तै रोल्पामा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी सोनामले क र दिपेन्द्र पुनले खबाट उम्मेदवारी दर्ता गराएका छन् ।


त्यसैगरी नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका लागि कबाट शेरबहादुर महरा र खबाट खगेन्द्र हमालले उम्मेदवारी दर्ता गराएका छन् ।



रोल्पामा बाम गठबन्धन र नेपाली काँग्रेसबाहेक राष्ट्रिय जनमोर्चा, संघीय समाजबादी फोरम, मंगोलियन अर्गनाइजेशन, बैद्य निकटको चुनावी मोर्चा जनगणतान्त्रिक मोर्चाले पनि उम्मेदवारी दिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood