annapurna add

अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म देखिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासमा सुरक्षा सतर्कता बढाइएको छ । अमेरिकी आक्रमणमा शुक्रबार इरानी सेनाको विशेष दस्ता क्विड फोर्सका सैनिक कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ ।

america nepal er news

बदलामा इराकस्थित अमेरिकी दूतावासनजिक रकेट आक्रमण भएको थियो । केन्यास्थित अमेरिकी दूतावासमा पनि आक्रमण भएपछि अमेरिकाले आफ्ना दूतावासहरूमा समेत सतर्कता बढाएको छ । त्यहीअनुसार दूतावासआसपास सुरक्षामा थप कडाइ गरिएको उच्च प्रहरी स्रोत बताउँछ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले यसबारे अनौपचारिक रूपमा नेपालका सुरक्षा अधिकारीहरूसँग कुरा गरिसकेका छन् । ‘नेपाल मात्र होइन सबै देशका आफ्ना दूतावासहरूमा उनीहरूले सतर्कता बढाएका छन्,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘त्यहीअनुसार प्रहरी परिचालन बढाइएको छ ।’

सो घटनाको बदलामा कुनै पनि देशमा अमेरिकी नियोगमा आक्रमण हुन सक्ने आकलनका आधारमा पूर्वसतर्कता अपनाइएको हो । अमेरिकी दूतावासको सुरक्षामा सशस्त्र प्रहरीबाट इन्स्पेक्टरको कमान्डमा पहिलेदेखि नै प्रहरी टोली खटिँदै आएको छ । नेपाल प्रहरीले पनि दूतावासआसपास गस्ती बढाएको छ ।

गत महिना मात्र प्रकाशित रिपोर्टमा अमेरिकाले नेपाल आतंकवादको जोखिममा रहेको उल्लेख गरेको थियो । यद्यपि, नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय आतंकवादी समूहको गतिविधि देखिएको छैन । भारतसँगको खुला सिमानाका कारण यस्तो जोखिम औँल्याइएको हो । भारतमा भने धेरै अन्तर्राष्ट्रिय आतंकवादी समूह सक्रिय छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर