1478958692 banner ad format

 
 
काठमाडौं- भारतको जम्मुकस्मिरको किस्तवाड कस्बेमा बिहीबार राति भारतीय जनता पार्टी (भाजपा)का प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको गोली हानी हत्या भएको छ। उनीहरूको अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको भारतीय  मिडियाले जनाएका छन्। 
दुवै भाइ घर फर्किदै गरेको अवस्थामा घटना भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि नजिकैबाट गोली प्रहार भएको प्रहरीले बताएको छ।
 
जम्मुकस्मिर भारतीय जनता पार्टीका जनरल सेक्रेटरी अशोक कौलले अनिल परिहार भाजपाका प्रभावशाली नेतामध्येका एक भएको बताए। उनले घटना अत्यन्तै दुखद भएको बताएका छन्।
 
घटनापछि प्रशासनले किस्तवाड कस्बेमा शान्ति व्यवस्था मिलाउन कर्फ्यू जारी गरेको छ। समाचारमा बताइए अनुसार किस्तवाड तनाव ग्रस्त भएको छ। भाजमाका अध्यक्ष अमित शाह र केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले घटनाको निन्दा गरेका छन्
 
अहिलेसम्म घटनामा संलग्नहरुको पत्ता नलागेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

प्रकासित मिति

Loading...

 

yummyfood