1478958692 banner ad format

 
 

काठमाडाैं । वनजन्य वस्तु तथा वन्यजन्तुका अंगको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली भूमिको प्रयोग बढिरहेको पाइएको छ । यस्तो तस्करी विशेषगरी चाडपर्वका अवसरमा बढी हुने एक अध्ययनको निष्कर्ष छ ।

Animal smuggling

‘विशेषगरी चाडपर्वको अवसर पारेर नेपालको भूमि प्रयोग गरेर सबैभन्दा बढी वनजन्य वस्तु तथा वन्यजन्तुको अंगको ओसारपसार भएको पाइएको छ,’ वन्यजन्तुको कारोबारका विषयमा अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका प्रा.डा. सञ्जय आचार्यले भने, ‘नेपालमा वन्यजन्तु तथा वनजन्य वस्तुको तस्करी हुने समयमा सुरक्षा संयन्त्र कमजोर हुने तस्करहरूको बुझाइ रहेको पाइएको छ ।’

उनका अनुसार वन्यजन्तु तस्करले वन्यजन्तु मार्ने समय पनि कर्मचारीहरू बिदामा भएको समय अर्थात् विशेषगरी कमजोर अनुगमन हुने गरेको स्थान र समयलाई नै रोज्ने गरेका छन् ।

‘विश्वमा भएका वन्यजन्तु तस्करी र राजनीतिक अर्थतन्त्रमा परेको प्रभाव’को विषयमा तीन जना नेपाली र चार जना विदेशी रहेको विज्ञ समूहले अध्ययन गरिरहेको छ । आचार्य पनि सो समूहका सदस्य छन् ।

अध्ययनअनुसार वनपैदावर तथा वन्यजन्तुका अंगप्रत्यंग तस्करीमा संलग्नहरूले २०६० सालदेखि नेपालको भूमि प्रयोग गर्ने गरेको पाइएको छ । केही वर्षयता कमाजोर बनेको रक्तचन्दनको कारोबार एक वर्षयता पुनः बढेको अध्ययनले देखाएको छ ।

विशेषगरी तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी सँगको मिलेमतोमा तस्करले वनपैदावर तथा वन्यजन्तुको अंगप्रत्यंग चीनसम्म पु¥याउने गरेको पाइएको छ ।

चीनमा विलासी फर्निचर बनाउन प्रयोग हुने रक्तचन्दनको अवैध कारोबारमा नेपाली पक्षले पारवहन सहजकर्ताको भूमिका खेल्ने गरेको पाइएको छ भने आपराधिक समूहले आर्थिक र सांगठनिक अपराध बढाउँदै लगेका छन् । यसको संरक्षणमा राजनीतिक दलका नेताहरू नै संलग्न हुने गरेको अध्ययनले देखाएको छ । ‘दुर्लभ वन्यजन्तुको चोरी सिकारी तथा तिनका अंगप्रत्यंगहरूको गैरकानुनी ओसारपसार तथा खरिदबिक्री भइरहेको घटना बाहिर आइ नै रहेका छन्,’ अनुसन्धनकर्ता डा. आचार्यले भने, ‘तस्करहरूले गर्ने कारोबारमा राजनीतिक संरक्षण हुनुले तस्करीको रकम राजनीतिक गतिविधिमा प्रयोग हुन सक्छ ।’ वन्यजन्तुको कारोबारीहरूका कारण यसको मूल्यको विषयमा चर्चा हुने गरेको उनको बुझाइ छ ।

वनजन्य वस्तु तथा वन्यजन्तुको अंग प्रत्यंगको कारोबार बढ्नुले यसको मूल्य बढाएको उनले बताए । उनका अनुसार १६औं शताब्दीदेखि परम्परागत औषधि निर्माणका लागि चीनमा यस्ता वस्तु र सामग्रीको खपत बढी हुने गरेको छ । यसको प्रयोग दक्षिण एसिया र पूर्वी एसियामा समेत बढी कारोबार हुने गरेको तथ्य बाहिर आएको छ ।

‘विशेषगरी संकटापन्न वन्यजन्तुहरू दक्षिण एसियामा पाइने भएकाले यसको कारोबार पनि यही क्षेत्रबाट बढी हुने गरेको हो,’ डा. आचार्यले राजधानीसँग भने, ‘दक्षिण एसियामा मात्रै पाइने एकसिंगे गैंडा तथा हात्ती र पाटे बाघको बढी तस्करी यही क्षेत्रबाट हुने गरेको पाइएको छ ।’ उनका अनुसार हिउँचितुवा बढी पाइने क्षेत्रका रूपमा रहेको रसियाबाट हिउँचितुवाको छाला तस्करी हुने गरेको पाइएको छ । दक्षिण एसियामा पाइने यस्ता वन्यजन्तुको अंगप्रत्यंगका उपभोक्तहरू भने यही क्षेत्रका नभएको पाइएको छ ।

यसका उपभोक्ता चीन, ताइवान, कोरिया, जापान तथा अमेरिकालगायत क्षेत्रमा रहेका छन् । ‘आर्थिक वृद्धि भएका अमेरिका, रसिया, युरोप तथा मध्यएसियाका केही मुलुकमा यसको बढी खपत हुनुले तस्करीहरूको संलग्नता आर्थिक वृद्धिदर बढी भएको मुलुक नै भएको पाइएको छ,’ डा. आचार्यले भने, ‘आर्थिक वृद्धि भएका मुलुकहरूमा अपराधका घटना पनि बढी हुने र यस्ता तस्करहरू पनि बढ्नुले राजनीतिक अर्थतन्त्रमा यसको ठूलो प्रभाव रहेको पाइएको छ ।’ अाजकाे राजधानी दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood