annapurna add

100051378 951957425234513 6094722579170328576 n

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ । चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ ।

यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ । यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ । सरकारले विनियोजन गरेको बजेटको आकार चालु आर्थिक वर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

बजेटमाथिको छलफल संसदमा सुरु नहुँदै यसको विरोधमा स्वरहरु सुनिन थालेका छन् । सरकारले आर्थिक वर्ष २०७७/७८को बजेटको वैदेशिक अनुदान तथा ऋण तर्फ बाट आफ्नो आय (आम्दानी) को रुपमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समेतलाई राखेपछि विरोध सुरु भएको हो । एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको र संसोधन पछि मात्र लागु गर्न सकिने नेकपा कै कार्यदलको ठहर विपरित बजेटमा समावेश भएको छ ।

सत्तारुढ नेकपा कै विद्यार्थी संगठन अनेरास्ववियूका नेता पवन कार्कीले संसदबाट पास नभएको एमसीसी बजेटमा समाबेश गरिनु जनघाती भएको बताएका छन् । नेकपाको कार्यदलले पनि यस्लाई राष्ट्र हितमा नभएको ठहर गर्दागर्दै बजेटमा अनुदानको रुपमा लिनु अत्यन्तै गलत देखिन्छ । नीति कार्यक्रममा एमसीसीले प्रवेश पाएपछि नेकपाका नेता भिम रावल लगायतले विरोध जनाएका थिए । बजेटमा एमसीसी समाबेश भएको भन्दै पुर्व अखिल (क्रान्तिकारी)का सचिव समेत रहेका पवन कार्कीको नेतृत्वमा बहस समेत छेडिएको छ ।

62034979 417491408836367 1129027330228879360 n

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...