prakash5 kantipathकाठमाडौं : राष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष अनुपराज शर्माले मुलुककाे मानव अधिकारकाे अवस्था खराब बनेकाे भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जनअधिकार अभियान नेपालको चौथो साधारणसभा तथा मुखपत्र आवाजकाे बिमाेचन गर्दै अध्यक्ष शर्माले अहिलेपनि पञ्चायतकालिन शैली जस्ताे अवस्था देखिएकाे टिप्पणी गरे । उनले भने,` हामीले व्यवस्था परिवर्तन त गर्यौ तर त्यस अनुसार अाचरण भयाे कि भएन भन्ने मुख्य विषय हाे तर म आचरण पुरानै देख्छु ।´

prakash3 kantipath

उनले गणतान्त्रिक ब्यवस्थामा पनि मानबअधिकार सुरक्षित नभएकाे भन्दै चिन्ता व्यक्त गरे । उनले याे गणतन्त्र हाे कि बन्दुकतन्त्र छुट्याउन गाह्राे भएकाे टिप्पणि समेत गरे । उनले भने,` म असन(काठमाण्डाैं ) मा हुर्क्या बढ्या मान्छे अनि एउटा जाेक चल्छ गणतन्त्र कि गनतन्त्र ? गनतन्त्र भनेकाे बन्दुकले सबैलाई सिध्याउने भनेकाे हाे कि ? गणतन्त्र अर्थात महादेवकाे उत्ताउला गणहरूकाे तन्त्र हाे कि ? गन भनेकाे नेवारीमा कता भन्ने हुन्छ अर्थात कता गयाेतन्त्र हाे कि ? 

उनले विचार र आस्थाकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न नहुनेमा जाेड दिए । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बृहत् शान्ति सम्झाैता सहि ढंगले निस्कर्षमा नपुग्दा अहिले राजनीतिक तरलता देखिएकाे टिप्पणी गरिन् । उनले भनिन्,` सायद शान्ति प्रकृया सही ढंगले निष्कर्षमा पुगेकाे भए फेरि अहिलेकाे व्यवस्थामा प्रश्न उठ्ने थिएन कि, विप्लव जि किरण जिहरू बाहिर अहिले किन बाहिर हुनुहुन्छ ? संसद कानुन,न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले मानवअधिकारको अवस्था गम्भीर बन्दै गएको टिप्पणी गरे ।

prakash4 kantipath

यस्तै जनअधिकार अभियान नेपालका अध्यक्ष बरिष्ठ अधिबक्ता एकराज भण्डारीले विप्लवले भनेकाे बैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबीच किन बहस गर्न नपाउने भन्दै प्रश्न गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष गाेपाल किरातीले विप्लव नेतृत्वकाे नेकपामाथिकाे प्रतिवन्ध फुकुवा गर्न माग गरे । नेता आहुतिले बिचार र आस्थामाथिकाे प्रतिबन्धले समस्या समाधान नहुनेमा जाेड दिए । उनले विचार र आस्थाकै आधारमा देशभर धरपकड गरिएकाे भन्दै संविधानमा लेखिएकाे माैलिक हक सुनिश्चित गर्न आग्रह गरे ।

कार्यक्रममा नागरिक आन्दोलनका अगुवा डाक्टर सुन्दरमणि दिक्षितले सरकारको कार्यशैली गम्भीर भएको दाबी गरेका छन् ,उनलेे यत्रो लडेर ल्याएको गणतन्त्रमा ल्याउनेहरु नै पिडित बन्नु परेको टिप्पणी गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष गाेविन्द आचार्यले पत्रकारहरू समेत लडेर ल्याएकाे गणतन्त्रमै प्रेस स्वतन्त्रता कुण्ठित भएकाे भन्दै आश्चर्य व्यक्त गरे । उनले विचार र आस्थाकै आधारमा पत्रकार गिरफ्तार गर्नु आपत्तिजनक भएकाे बताए ।

prakash2 kantipath

जनपत्रकार संगठन,नेपालका अध्यक्ष प्रकाश डुम्रेले देशभर विचार र आस्थाका आधारमा आफ्ना संगठनका साथिहरू गिरफ्तार गरिएकाे भन्दै आपत्ति जनाए । सामाचार लेखेकै आधारमा पक्राउ गर्ने र सर्वाेच्च अदालतकाे आदेशमा रिहा हुदा पनि पटक पटक पक्राउ गर्ने गरिएकाे भन्दै सबैकाे ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रगतिशील कानुनी व्यवसायी संगठनका सचिव कपिलचन्द्र पोख्रेल ,तक्मा केसी,अधिकारकर्मी डा.कपिल श्रेष्ठ,सरला रेग्मी,भवानी खरेल,शान्ता भण्डारी लगायतले आफ्नाे धारणा राखेका थिए ।

कार्यक्रम अध्यक्ष एकराज भण्डारीको अध्यक्षता,उपाध्यक्ष देवबहादुर पौडेलको स्वागत र सचिव राम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियोे ।

prakash1 kantipath

प्रकासित मिति

Loading...
Loading...

 

Loading...