1478958692 banner ad format

 
 

काठमाडौं । स्थानीय तहको दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ।

Around 70 percent of the vote

यो मत वैशाख ३१ मा सम्पन्न पहिलो चरणको निर्वाचनकै हाराहारीको हो। आयोगले पछिल्लो विवरण आउन बाँकी रहेकाले मतदानको प्रतिशत बढ्ने बताएको छ।   निर्वाचन आयोगका निमित्त सचिव महेश्वर न्यौपानेले केही जिल्लाका मतदान केन्द्रमा साँझ आठ बजेसम्म मतदान कार्य भएकाले खसेको मत प्रतिशत ७४ प्रतिशत पुग्ने अनुमान भएको बताउनुभयो।  

Around 70 percent of the vote 2

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी थियो। वर्षाको कारण केही समयमा ढिलो मतदान भएको र केही स्थानमा बम राखेर निर्वाचन विथोल्न प्रयास गरिए पनि सुरक्षाको राम्रो प्रबन्ध भएकाले शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले जानकारी दिनुभयो।

पहिलो चरणको निर्वाचनका क्रममा ६ जनाको ज्यान गएको थियो।   वर्षात्को समय भएपनि व्यवस्थापन राम्रो भएकाले मतदान कार्य सहज भएको आयोगले बताएको छ। बुधबारको मतदानमा सबै भन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ भने सबै भन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको आयोगले जनाएको छ।  

३५ जिल्लाका १ महानगरपालिका ७ वटा उपमहानगरपालिका १११ नगरपालिका २१५ गाउँपालिका गरी ३३४ स्थानका लागि भएका निर्वाचनबाट निर्वाचनबाट १५ हजार ३ प्रतिनिधि छनोट हुँदैछन्।  

सरागल ६ मा दुई मत

  आयोगका अनुसार नवलपरासीको सरावल गाउँपालिका वडा नं। ६ मा जम्मा दुई मत खसेको छ। बुधबारको मतदानमा केही रमाइला र अनौठा घटना पनि भए। यद्यपी निर्वाचन आयोगले शान्तिपूर्ण रुपमा मतदान सकिएको बताएको छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रकासित मिति

Loading...

 

yummyfood