annapurna add

काठमाडौं : गायिका आस्था राउतविरुद्‍ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्‍ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारको उजुरी दिएको हो।

Astha Raut202011त्रिभुवन विमानस्थलको आन्तरिक कक्षमा प्रहरीसँग भएको व्यवहारलाई लिएर विवादमा तानिएकी गायिका हाल कार्यक्रमका लागि सिक्किममा छिन्। उनले विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीले आफूलाई 'तँ' सम्बोधन गरेको र हात हालेर दुर्व्यवहार गरेको भन्दै फेसबुकमार्फत आक्रोश पोखेकी थिइन्।

राउत काठमाडौं फर्किए लगत्तै प्रहरीले बोलाउने छ वा जिल्ला प्रशासन कार्यालयमार्फत् पक्राउ पुर्जी लिएर पक्राउ गर्नेछ।अभद्र व्यवहारमा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गर्ने गर्दछ।

यस्तै, हवाई क्षेत्रमा खटिएका राष्ट्रसेवक, प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको पाइएमा नेपालमा गैर सैनिक हवाई उड्डयन (सिभिल एभिएसन ऐन २०१५) ले काम गर्छ ।

यो ऐनको दफा ९ क को ६ बमोजिम आस्था राउतलाई कारवाही गर्न सकिन्छ ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा एक वर्षसम्म कैद र १० हजारसम्मको जरिवाना वा दुवै सजायको व्यवस्था रहेको छ ।

Raut

के भएको थियो ?

बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको एक्सरेमा छिर्दा रातो बत्ती बलेपछि सुरक्षाकर्मीले ज्याकेट फुकाल्न लगाएका थिए।

मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुन: चेकजाँच गर्छन्। यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन्।

सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन्। चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन्। केहीबेरमा कपबाट कफी पोखिएको थियो र राउतको ज्याकेट भिजेको थियो।

यसक्रममा राउतले प्रहरी कर्मचारीलाई केहीबेर गाली गरेकी थिइन्।

प्रहरीले विमानस्थलमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेपछि गायिका राउतले फेसबुक लाइभमा माफी मागेकी थिइन्।

कलाकारहरूले के भने, आस्थालाई !

आस्थालाई राजेशको सुझाव: 'साहरुख खानलाई त झन कट्टु मै चेक गरेको थियो, दुबै जना सुधृनु पर्छ'

rajeshकेहि दिन अघि गायिका आस्था राउतले प्रहरीलाई गालि गरेपछि विवादमा तानिएकी थिइन् । उनले सिक्कीम जाने क्रममा विमानस्थल प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेकी थिइन् । प्रहरीलाई तथानाम गाली गर्दै उनले प्रहरीले आचरण सुधार्न र प्रहरीको ब्यावहारलाई दबङ शैलीमा हान्न मन लागेको भनेकी थिइन् ।

आफू हतारमा रहेको बेला प्रहरीले चेक गर्दा ज्याकेट खोल्न लगाउदै अपमान गरेको भन्दै उनले तल्लो स्तरको शब्द प्रयोग गर्दै प्रहरीलाई डन्ठे, प्युसा, प्युपा आदि शब्द प्रयोग गरेकी थिइन् । उनको भनाइ बिबादमा आएपछि अहिले राउतले भिडियो हटाएकि छन् । उनले आफ्नो फेसबुकबाट भिडियो हटाए पनि संजालमा भने भाइरल बनेको छ । उनले आफुलाई दुर्व्यवहार गरेको भनेपछि प्रहरीले विमानस्थलको चेकजाच कक्षको सिसिटिभी फुटेज समेत सार्वजनिक भइसकेको तथा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसै सन्दर्भमा गायक राजेश पायल राईले आस्थालाई फेसबुकमा एक सन्देश लेख्दै दुवै जना सुध्रिन आवस्यक रहेको बताएका छन् । उनले भनेका छन् :

एयरपाेर्टमा साहरुख खानलाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो? चेकिङमा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आबस्यक !

'आस्थाले प्रहरी बहिनीसँग माफि माग्नु पर्छ' - दिपकराज गिरी

dipak asthaकेहि दिन अघि गायिका आस्था राउतले प्रहरीलाई गालि गरेपछि विवादमा तानिएकी थिइन् । उनले सिक्कीम जाने क्रममा विमानस्थल प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेकी थिइन् । प्रहरीलाई तथानाम गाली गर्दै उनले प्रहरीले आचरण सुधार्न र प्रहरीको ब्यावहारलाई दबङ शैलीमा हान्न मन लागेको भनेकी थिइन् ।

आफू हतारमा रहेको बेला प्रहरीले चेक गर्दा ज्याकेट खोल्न लगाउदै अपमान गरेको भन्दै उनले तल्लो स्तरको शब्द प्रयोग गर्दै प्रहरीलाई डन्ठे, प्युसा, प्युपा आदि शब्द प्रयोग गरेकी थिइन् । उनको भनाइ बिबादमा आएपछि अहिले राउतले भिडियो हटाएकि छन् । उनले आफ्नो फेसबुकबाट भिडियो हटाए पनि संजालमा भने भाइरल बनेको छ । उनले आफुलाई दुर्व्यवहार गरेको भनेपछि प्रहरीले विमानस्थलको चेकजाच कक्षको सिसिटिभी फुटेज समेत सार्वजनिक भइसकेको तथा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसै सन्दर्भमाकलाकार दिपकराज गिरीले आस्थालाई फेसबुकमा एक सन्देश लेख्दै कलाकार वा सेलेब्रिटीज़को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति  देखिने रहेछ  भन्दै गुनासो गरेका छन् उनले माफि माग्न समेत सुझाव दिएका छन् । उनकाे फेसबुक स्ट्याटस जस्ताकाे तस्तै :

प्रिय आस्था बहिनी...
यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो, म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू ! .....समस्या कॉहाबाट आयो भने ... तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो .. भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवान हरू लाइ छुट्टै प्रेसर हुन्छ .. उनिहरू लाइ छुट्टै दवाव हुन्छ .. उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ ... त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्यॉहा पनि निस्कियो होला तर हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ... सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ .. अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ .. अत सहनु पर्ने हामिले नै रहेछ .... बिदेशमा प्राय: यस्तो घटना हूदैन किनकि त्यॉहा नेता मात्रै vip हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू , नाम चलेका खिलाड़ी, कलाकार हरू लाइ पनि vip मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै vip हो .. यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ !

मापसे कान्ढमा म पनि परे गल्ति मेरै थियो तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् ... यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ ...हामि लाइ अन्याय नै भयो भने पनि “कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ ...तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला ... तर गल्ति तिम्रो फ़ेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ! तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होला ... तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अत: यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ ... जे हुन्छ राम्रैको लागि हुन्छ ! 

आज कतिपय स्ट्याटस हरू “ कलाकार यस्तै घमण्डी हुन्छन् “ भनेर आउछ दुख लाग्छ ... त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग .... सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन , हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ ......!!! 

करिश्मा मानन्धर

Karishmaa Manandhar

महिला पहरीकाे पक्षमा कस्ले के भने ?

आफ्नो डिउटी निर्वाह गरेकी महिला प्रहरी कर्मचारीको पक्षमा उभिए आइजिपी र मेट्रो प्रमुख

Policewomen IGP and DIG astha rautआस्था राउत नाम गरेकी गायिकाले आफुलाई अत्यन्त सु-प्रसिद्ध ठानेर विमानस्थलमा समेत सुरक्षा जाँच नगर्नु पर्ने ठान्दै आफ्नो डिउटी निर्वाह गरेकी एउटा महिला प्रहरी जवानलाई हेपेर व्यवहार गरेको विषय कुनै हिसाबले उचित थिएन झन भिडिओ रेकर्ड गरेर प्रहरीलाई गाली गरेर उनले थप गल्ती गरेकोमा दुईमत भएन । यस घटनामा सुरुमै प्रहरीले कसैको अनुहार हेरेर व्यवहार गर्दैन , विमानस्थल सुरक्षाको दौरान चेकजाँच गर्दा सवैलाई एकै हिसाबको व्यवहार हुने, हुनाले चेकजाँचको दौरान अभद्र व्यवहार भएको भए त्यसो गर्नेलाई कारवाही हुन्छ भनेर महानगरीय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलले प्रष्ट पारिदिएका थिए ।

girl policenewsप्रहरी कर्मचारीले ठिक ढंगले ड्युटी गर्दा कसैसंग डराउनु नपर्ने सन्देश दिए । यसै घटनालाई प्रहरी प्रधान कार्यालयले पनि तत्काल आवश्यक छानविन र कारवाहीको निर्देशन दिएर कानुन भन्दा माथि कोहि नभएको सन्देश दियो । अहिले यसै घटनालाई लिएर सीसीटिभी फुटेज देखि रोइकराई भिडिओहरु सार्वजनिक भैरहेका छन् । सवैलाई हेर्दा लाग्छ आफ्नो उत्तेजक अभिव्यक्ती र ठुलो पल्टिने बानिले गर्दा गायिका राउतले कानुनि कारवाही भोग्नु पर्नेछ ।

 यस घटनाबाट प्रहरीले पनि सिक्नु पर्ने केहि कुरा जरुर छन जस्तै :

सुरक्षाको दृष्टिले संसारका थुप्रै विमानस्थलमा पेय पदार्थ बोकेर जानै पाइदैन, त्यसैले यदी नेपालमा पनि त्यो सर्वव्यापी प्रणाली लागु गर्ने हो भने भोलि यस्तो समस्या नआउन सक्छ । अर्को कुरा सर्वसाधारणलाई जस्तो प्रहरीलाई असंवेदनशील र आक्रोशित हुने छुट छैन भन्ने बुझेर अव उपरान्त जस्तै विवाद हुँदा पनि गिरफ्तारनै गर्ने अवस्था वाहेक अन्य वेलामा कसैको हात समातेर तान्नेनै अवस्था आउनु हुदैन भन्नेमा सवै प्रहरी सचेत हुन जरुरी छ ।

यस घटनाले चर्चितहरु सवै संस्कारी हुदैनन् भन्ने सन्देश दिनुको साथै सँस्कारहिन छन् भने चर्चितहरुले त्यसको मुल्य चुकाउनु पर्छ भन्ने सन्देश समेत दिनुको अलावा अहिले प्रहरी जवानको दु:ख र अप्ठेराहरु प्रति पनि संवेदनशिल प्रहरी नेतृत्व छ, भन्ने संदेश गएको छ ।

लेखक : राधाकृष्ण देउजा

यी हुन गायिका आस्था राउतबिरुद्ध मुद्दा हाल्ने महिला प्रहरी

गायिका आस्था राउतविरुद्ध मुद्दा दर्ता भएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन् । विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान श्रेष्ठले उजुरी दिएकी हुन् ।

प्रहरीलाई तथानाम गाली गरेपछि गायिका आस्था राउत बिबादमा

Astha Raut is a singer from Nepal kantipathउजुरीमा उनले आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानूनानुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले आफूमाथि दुव्र्यहार गरेको प्रहरी जवान राउतको भनाइ छ ।

राउतले भने विमानस्थलमा सुरक्षा जाँचका नाममा आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जालमार्फत ‘आपत्तिजनक शब्द’मा असन्तुष्टि पोखेकी थिइन् । गायिका राउतले भने विमानस्थलमा कार्यरत महिला प्रहरी जवानले आफूलाई अपशब्द प्रयोग गरेरको दावी गर्दै आएकी छिन । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले गायिका राउतविरुद्ध परेको उजुरीका सन्दर्भमा अनुसन्धान शुरु भएको जनाएको छ ।

प्रारम्भिक चरणमा विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्ने र विमानस्थलमा कार्यरत अन्य सुरक्षाकर्मीको पनि बयान लिने काम भइरहेको प्रहरी स्रोतले जनाएको छ । गायिका आस्था राउतले फेसबूक लाइभमार्फत नेपाल प्रहरीको व्यवहारमाथि प्रश्न उठाउँदै प्रहरीलाई नै गाली गरेपछि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सामाजिक सञ्जालमा कतिले आस्थाको समर्थन गरिरहेका छन् भने कतिले उनी यसरी आक्रोशपूर्ण रुपमा प्रस्तुत हुन नहुने प्रतिक्रिया दिएका छन् ।

शुक्रवारको कार्यक्रमका लागि म सिक्किम जाँदै थिएँ, बुधवार दिउँसो १२ बजेको फ्लाइट थियो, म समयमै पुगेकी थिएँ, बुद्ध एयरको फ्लाइट ‘डिले’ हुने भएपछि म विमानस्थल परिसरमै कफी पिएर बसिरहेकी थिएँ । त्यही बेला मिस आस्था राउत भनेर बोलाइरहेको सुनेँ, म त २ बजे फ्लाइट भनेर ढुक्कले बसिरहेकी थिएँ, बुद्ध एअरका कर्मचारीले बोलाएको सुनेपछि म हतार–हतार चेकिङतिर लागें, मेरो नाम सुन्नासाथ म कफी छोडेर जान लागेकी थिएँ, मलाई छोड्न आएका रिलेटिभ (आफन्त)ले कफी लान पाइन्छ भनेपछि कफी लिएरै छिर्दै थिएँ, कफीको लिड पनि राम्रोसँग लागिरहेको थिएन।चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भन्नुभयो, मैले आफ्नो प्लेन छुट्न लागेको बताएँ, उहाँलाई ज्याकेट नखोले हुँदैन भनेर सोधेँ ।

तर दुई दिनमै ज्याकेट खोल्नुपर्ने नियम शुरु भएछ। मेसिनबाट ब्याग चेकिङ भइरहेको थियो, म पनि कफी समाएरै हात माथि उठाएर चेक गर्न अनुरोध गरिरहेकी थिएँ उहाँले ज्याकेट खोल् भनेपछि मैले फ्लाइटमा बोलाइसक्यो, अस्ति त ज्याकेट नै खोल्न लगाउँथेन त भनेँ । उहाँको व्यवहारले मलाई रिस उठिसकेको थियो, तै पनि मैले संयमता अपनाएकी थिएँ, अगाडि जान लागेकी थिएँ तर उहाँले ठाडो भाषामा तेरो कफी लैजा भन्नुभयो, मैले पनि लान्न भनेँ । उहाँले कफी लैजान्छस् कि तेरो ब्यागमा खन्याइदिऊँ? भन्नुभयो । मेरो ठाउँमा अरु कोही केटा भएको भए त्यहीँ घुमाएर हान्थ्यो होला, त्यस्तो बिझाउने थियो उहाँको व्यवहार । त्यो हदसम्मको दुर्व्यहार मैले भोग्नुपरेको थिएन, मेरो त दिमाग नै आउट भयो । उहाँले तँ भनेर मलाई केही फरक पर्ने थिएन, तेरो ज्याकेट खोल् भनेर उहाँले जुन खाले व्यवहार गर्नुभयो, त्यो निकै बिझाउने खालको थियो, प्रहरीको छाप यस्तै छ भन्ने त जगजाहेर नै छ तर उहाँले त कफी लान्नँ भन्दा हात नै हाल्नुभयो, न्याँक्नुभयो ।

अन्य प्रहरीले टुलुटुलु हेरेको देखेर मलाई पटक्कै चित्त बुझेन । माथिको अफिसरले तल्लो तहको प्रहरीलाई यस्तो व्यवहार गर्न सिकाउने त पक्कै होइन होला । विदेशमा पनि प्रहरी हुन्छ, हाम्रो देशको प्रहरीमा मात्र यस्तो दम्भ किन छ? त्यस्तो हुँदासम्म प्रहरीले हेरेरै बसे, शायद ती महिला प्रहरीले त्यही रवाफ अरुलाई पनि देखाउने गरेकी थिइन् कि ? एकजना दिदी सिलुगढी जान हिँड्नुभएको रहेछ, उहाँलाई त झन् पातलो खालको पोशाक पनि खोल्न भनिएछ, उहाँले पनि गुनासो पोख्दै प्रहरी यस्तै भएको भन्दै मन नदुखाउन भन्नुभयो । प्रहरीका बारेमा नकारात्मक कुरा सुनिन्थ्यो, तर मैले हिजो जे भोगें, त्यसपछि मैले आफूले भोगेजस्तो सुनेर हुन्न रहेछ भन्ने बुझेँ । मैले जुन व्यवहार भोगें, त्यो साँच्चिकै दुःखद् थियो ।

जिन्दगीमा पहिलोपटक त्यत्रो मान्छेको अगाडि त्यसरी दुर्व्यवहार सहन परेपछि कसरी रिस मर्छ ? ‘हामीलाई सम्मान चाहिएको होइन तर कलाकारलाई त यस्तो व्यवहार हुन्छ भने अरुलाई कस्तो होला भन्ने मुख्य प्रश्न हो । प्रहरीले पनि त्यही कुरालाई राम्रोसँग किन नभन्ने? हामीले गाली नै खानुपर्ने?’ मैले मात्र होइन, हरेक मान्छेले प्रहरीले गर्ने व्यवहारबारे आत्ममूल्याङ्कन गर्न जरुरी छ ।

थप समाचार 

महिला प्रहरीले लेखिन् गायिका आस्था राउतलाई यस्ताे भावुक चिट्ठी !

जनताको प्रश्न : आस्था राउतको भिडियो आउने, ३३ किलो सुनको किन नआउने ?

यस कारण विवादमा पर्छ प्रहरीको व्यवहार ?

यी हुन गायिका आस्था राउतबिरुद्ध मुद्दा हाल्ने महिला प्रहरी

प्रहरीलाई तथानाम गाली गरेपछि गायिका आस्था राउत बिबादमा

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर