annapurna add

Australia FIRE NEWS KANTIPATHअष्ट्रेलियाको जंगलमा तीन महिनादेखि डडेलो लागिरहेको छ । अग्नि नियन्त्रकको ठूलो प्रयासको बावजुद डडेलो पूर्ण रुपमा निभेको छैन ।

अष्ट्रेलियामा अहिले उत्तर गोद्धार्धको उल्टो मौसम अर्थात गृष्म ऋतु चलिरहेको छ । यो वर्षको गृष्म अत्यधिक सुख्खा हुदाँ डडेलो थप तिव्रताका साथ फैलिरहेको छ ।

डडेलो जारी रहदाँ त्यसले अष्ट्रेलियाको अर्थतन्त्रमा पारेको प्रभावका तथ्याक बारिन थालेका छन् ।

रेटिङ एजेन्सी मूडीजले जंगलमा लागेको आगोको कारण ४.४ अर्ब डलरको नोक्सानी पुगिसकेको अनुमान सार्वजनिक गरेको छ ।

मूडीजसँग आबद्ध क्याटरीना एलका अनुसार डडेलोको कारण भएको क्षतिले गर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा उपभोक्ताको सरकारप्रतिको विश्वास नै डगमगाएको छ ।

मूडिजका अनुसार झन् वायु प्रदुषण र पर्यटन–कृषि क्षेत्रमा परेको नोक्सानीले अर्थतन्त्रको क्षति थप वृद्धि गर्न सक्छ ।


अष्ट्रेलियाको जंगल र झाडीमा लागेको डडेलोले ८४ लाख हेक्टर क्षेत्रलाई डडाइसकेको छ । त्यस्तै दुई महिनाभित्र २५ मानिस मारिईसकेका छ ।

डडेलोबाट न्यु साउथ वेल्स राज्यको कोबार्टो र मोगो सहरमा विध्वसं मच्चिएको छ । त्यस अतिरिक्त भिक्टोरिया राज्यको एक सहर मालाकूटामा पनि ठूलो क्षती भएको छ ।

क्याटरिनाले डडेलोको सिजन भर्खर आधामात्रै भएकाले आगामी दिन पनि डडेलो थप क्षति पु-याउने चिन्ता व्यक्त गरिन् ।

अष्ट्रेलिया डढेलो अपडेट : २७ मानिससहित ५० करोड जनावर मृत्यु

क्यानर्बेरा- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन्। संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।

अष्ट्रेलिया डढेलो अपडेट : १८ मानिससहित ५० करोड जनावर मृत्यु

अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा ठूलो आगलागी भएको छ तापक्रम बढेर अत्यधिक गर्मी हुँदै गएको र तातो हावा चलेको अधिकारीहरुले जनाएका छन्।

'यो भन्दा धेरै क्षति हुन नदिनका लागि हामीले प्रयास जारी राखेका छौ, विषेश गरेर मृत्यु हुनेको संख्या नबढोस् भन्ने तर्फ हाम्रो विषेश ध्यान रहेको छ,' प्रधानमन्त्री मोरिसनले भने।

उनले आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सबैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि आग्रह गरेका हुन्।

पर्यटनमन्त्री योगेश भट्टराईको २०२० नेपाल भ्रमण र्‍यालीलाई रोक्यो प्रहरीले

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया संकटमा परेको बेला सहयोग उपलब्ध गराएका सबै सहयोगलाई धन्यवाद ज्ञापन पनि गरेका छन्।

अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा देशका विभिन्न ठाउँमा फैलिएको छ भने, अन्य मुलुकहरुसम्म पनि पुगेको छ। गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ।

अमेरिका–इरान तनावको असर नेपालमा, इराकमा रहेका नेपाली भन्छन्, बाहिरी वातावरण थाह छैन्

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर