annapurna add

बझाङ - बझाङमा जिप दुर्घटनामा परी मृत्यु भएकामध्ये ९ जनाको बुधबार अन्त्येष्टि गरिएको छ । दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले परम्पराअनुसार दाह संस्कार गरेका छन् ।

bajhang accident

जिल्ला अस्पताल सिमखेतबाट १० जनाको शव यात्रामा मृतकका आफन्त र शुभचिन्तकको बाक्लो उपस्थिति थियो । शव यात्रामा आफन्त र शुभचिन्तकको रुवाबासीले पुरै गाउँ शोकमग्न बन्यो ।

 

शोकमा डुब्यो कोटदेबल गाउँँ : दुर्घटनामा १० जनाको मृत्यु, ५ गम्भिर घाईते एकै गाउँका ७ को मृत्यू (भिडियोसहित)

१० मध्ये जिपका चालक सुरेन्द्र थापाबाहेक सबैको एकै ठाउँमा अन्त्येष्टि गरिएको छ । जिप दुर्घटनामा मृत्यु भएका एकै परिवारका बुबा कलक खड्का र आमा जुनधारा खड्कालाइ छोरा सन्देश खड्काले दागबत्ती दिए भने भाइ सरोज खड्का र बिपना खड्काको शव खाल्डोमा गाडिएको छ । ५० वर्षीया घौलीदेवी खड्का र छोरा हिक्मत खड्कालाई धौलीका श्रीमानले दागबत्ती दिए ।

bajhang accident1

 

मृतक जुना खड्कालाई उनका छोराले दागबत्ती दिए । कोटदेवल गाउँका सात जना र रनाडा गाउामा २ जना गरी नौ जनाको सदरमुकाम चैनपुर पारिपट्टी धौलावगरमा सामूहिक अन्त्येष्टि गरिएको छ । रनाडा गाउँकी लक्ष्मी द्वाल र भक्त द्वालको पनि आफन्तहरुले दागबत्ती दिएर दाह संस्कार गरेका छन् ।

 

जिपका चालक सुरेन्द्र थापाको भने जिनाडा गाउँमा अन्त्येष्टि गरिएको छ । मष्टा गाउँपालिकाले आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । मृतक परिवारलाई क्षतिपूर्तिबापत जिप धनीले मृतकका परिवारलाई जनही तीन लाख रुपैयाँ दिने सहमति भएपछि आज सबैको अन्त्येष्टि गरिएको हो ।

यो पनि पढ्नुहोस : कर्णाली जीप दुर्घटना अपडेट : उपप्रमुखको झोला भेटियो,काठमाडौंबाट गोताखोरको टोली हुम्ला जाँदै

 

 हेर्नुहोस भिडियो :

प्रकासित मिति

Loading...
Loading...

 

Loading...