bangladesh president at pokhara KANTIPATHनेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पर्यटकीय सहर पोखरा आएका छन् । नेपाल आर्मीको हेलीकोप्टरबाट बिहीबार मध्यान्ह पोखरा आएका हुन्। याे पनि पढ्नुहाेस् - बंगलादेशका राष्ट्रपति नेपाल आउँदा दुई रेल ठाेकिए, १५ जनाको मृत्यु

पोखरा भ्रमणको क्रममा राष्ट्रपति हमिद पोखराको फेवातालमा मोटरबोटबाट जलविहार गरेका छन् ।

पोखराबाट देखिने हिमाश्रृंखलाको दृश्यावलोकन गर्दै उनी रुपाकोट पुगेर बेगनास ताल र रुपातालको अवलोकन गर्ने कार्यक्रम रहेको छ । याे पनि पढ्नुहाेस् -बंगलादेशका राष्ट्रपति नेपाल आउने, यस्ताे छ भ्रमण तालिका

पोखरा विमास्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिकर शेरचन, गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख, उपसभामुख, मन्त्रीहरु, सांसदलगायतले स्वागत गरेका थिए । याे पनि पढ्नुहाेस् - बंगलादेशका राष्ट्रपति काठमाडौंमा

राष्ट्रपति हमिद पोखरा विमानस्थलबाट सोझै फेवातालमा पुगेर जलविहारमा निस्केका थिए । ताल किनारमा रहेको फिस्टेल लजमा खाना खाएर रुपाकोट जाने कार्यक्रम छ । Bangladesh President Hamid arriving Pokhara today

राष्ट्रपतिलाई नेपाली कला र संस्कृतिअनुसर रुपाकोटमा पनि स्वागत गरिनेछ। 

याे पनि पढ्नुहाेस् -बंगलादेशका राष्ट्रपति कात्तिक २६ गते नेपाल आउने

याे पनि पढ्नुहाेस् -आज दिउँसो बंगलादेशका राष्ट्रपति नेपाल आउँदै

प्रकासित मिति

Loading...
Loading...

 

Loading...