annapurna add

काठमाडौं : बाराक ओबामालाई नचिन्ने सायदै कम हुनुहुन्छ होला ? बच्चादेखि बुढासम्म धेरैले उनलाई चिनेकै हुन्छन् । तर चिन्नु, जान्नु र बुझ्नुमा धेरै फरक हुन्छ ।

‘तिमी नै मेरो स्टार हौ’ : पूर्वराष्ट्रपति ओबामा

obama caNoत्यसमाथि विश्वकै शक्तिशाली मानिसलाई त सबैले चिनेकै हुन्छन्, तर उनीहरूको व्यक्तिगत कुराहरू भने धेरैलाई थाहा हुँदैन ।

विश्वकै शक्तिशाली मुलुकका पूर्वराष्ट्रिपति ओबामा सरल जीवनशैलीका कारण सबैका माझ लोकप्रिय छन् । उनी राजनीति र राष्ट्रको सेवालाई दायित्वको रुपमा स्वीकारेर हरेक पद र प्रतिष्ठाको सम्मान गर्दै जनताका दुख पीडामा साथै रहन्छन् । आज हामी तिनै ओबामाको बारेमा चर्चा गछौं ।

obama 1

प्रारम्भिक जीवन
बाराक ओबामाको जन्म ४ अगस्ट १९६१ मा अमेरीकाको हवाई राज्यमा भएको हो। उनको पूरा नाम बाराक हुसेन ओबामा हो ।

उनका पिता केन्या मूलका बाराक हुसेन ओबामा सिनियर थिए भने आमा अमेरिकाकी एन्न डन्हाम थिइन् । ओबामाका पिता काला जाति र आमा गोरा जातीका हुन् । उनी ४ वर्षको भएपछि आमा बुबा छुट्टै बस्न थाले । त्यसपछि बाराकका पिता केन्या फर्के भने आमकाले इन्डोनेसियाका लोलो सोयटोरोसँग अर्को बिवाह गरिन् । ओबामा पनि आमाको अर्को परिवारसँग इन्डोनेसिया गए ।

obama 3सानोमा उनलाई ब्यारी नामले बोलाइन्थ्यो । सानैमा छाडेर गइएका बुबासँग उनले एक पटक मात्र भेटे र पछि उनको पिताको सन् १९८२ मा गाडी दुर्घटनामा निधन भयो । बाराक १० वर्षको हुँदासम्म इन्डोनेसियामै बसे । त्यसपछि फेरी उनी होनोलुलु हवाई राज्य नै फर्के ।

त्यसपछि उनले सन् १९७१ मा कक्षा ५ मा भर्ना भए । सन् १९७९ मा स्नातक तह सकेका ओबामाले कोलम्बिया युनिभर्सिटि र हार्भर्ड ल स्कुलबाछ स्नातक गरेका छन् ।

उनले आफुले किशोरअवस्थामा छँदा लागूपदार्थ प्रगोग गरेको र पछि छोड्न सफल भएको बताउछन् । प्रेममा परेको समयमा अत्यधिक कविता लेख्ने ओबामाले सन् १९८९ मा भेटिएकी मिसेल रोबिन्सनसँग सन् १९९२ मा विवाह गरे । अहिले उनीह्रुको २ जना छोरीहरु छन् ।

obama 4राजनीतिक यात्रा

बाराक ओबामाले युनिभर्सिटी अफ सिकागोमा सन् १९९२ देखि पढाउन थाले र पछि सिनियर प्राध्यापक बने । उनले १९९३ देखि १९९६ सम्ममा वकालतको काम गरे भने १९९६ देखि २००४ सम्ममा कानूनी सल्लाहकार भएर काम गरे । त्यसैक्रममा उनी राजनीतिमा प्रवेश गरे । उनी सन् १९९६ मा लिनोयएस सिनेटमा चुनिए । त्यतिबेला उनले ल्याएको कम आय भएकाहरुको लागि कर सम्बन्धि सहुलिएत, बाल हेरचाह सम्बन्धि नियम आदीले गर्दा उनी जनताहरुमाझ लोकप्रिय भए । त्यसपछि फेरी १९९८ र २००२ को मा समत त्यहि पदके लागि चुनिए ।

obama0स्टेटमा सफलता पाएपछि ओबामाले सन् २००४ मा युयए सिनेटमा उठ्ने निधो गरे र जिते । जितपछि उनले गरेको सम्बोधनले नै उनी लोकप्रिय बने ।

संघिय कोषको लेखाजोखा र पारदर्शिता सम्बन्धि कानूनलाई राज्यमा लैजानमा उनलेल भूमिका खेले । यसका साथै उनले परिवर्तित नियम र सामाजिक सुरक्षाका कुराहरुलाई राज्यस्तरमा पुर्याउन महत्वपूर्ण भूमिका खेले ।

obama famlyआफ्नो कामलाई माया गर्ने, मेहनती, दूरदर्शी र सपनालाई साकार बनाउन सधै तत्पर रहने आबामाले सन् २००७ मा अमेरीकाको राष्ट्रपती पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरे ।

त्यसपछि उनी सन् २००८ नोभेम्बर ४ को निर्वाचनमा राष्ट्रपति निर्वाचित भए र २००९ जनवरी २० देखि ४४ औँ राष्ट्रपतिका रुपमा कार्यभार सम्हाले ।

अमेरीकाको राष्ट्रिपति निर्वाचित हुने उनी पहिलो अश्वेत हुन् । त्यस्तै सन् २०१२ मा भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी, रपब्लिकनका मिट रम्नीलाई हराउँदै फेरी दोश्रो कार्यकालका लागि निर्वाचित भए । त्यसपछि उनको दोश्रो कार्यकाल सकिएपछि डोनाल्ड ट्रम्प अमेरीकाका राष्ट्रपती भएका छ ।

obama 5

सफलता
धेरै पहिला अमेरीकामा काला जातका मानिसलाई दासदासी राखिन्थ्यो । उनीहरुको किनबेच हुन्थ्यो । काला जातिका मानिस बेचिनेदेखि राष्ट्रपतिसम्म पुग्नु ठूलो कुरा हो ।

ओबामाको बाल्यकाल धेरै हजुर आमासँग बित्यो । त्यसैले उनको जीवनमा सबैभन्दा नजिक पनि हजुरआमा नै थिइन् । तर, उनी राष्ट्रपति भएको खबर सुन्न २ दिन बाँकि हुँदा हजुरआमाको निधन भयो ।

सन् २००९ मा नोबल शान्ति पुरस्कारले सम्मानित भएका ओबामा थुप्रै पटक वर्ष पुरुष घोषित भएका छन् । उनले अमेरीकामा मात्र नभएर विश्वभर सुशासनको परिचय दिए जसले गर्दा विश्वले नै उनलाई माया दियो ।

obama 7उनको घर

ओबामाले एड्गरटाउनस्थित मार्थाज भाइनयार्डमा एक अर्ब ३३ करोड रुपैयाँ बराबरको घर किनेका छन् । ग्रसबीक बोस्टन सेल्टिक्ससँग उनले घर किनेका हुन् । डिसेम्बर ४ मा सबै प्रक्रिया मिलेपछि उनले घर खरिद गरेका छन्।

ओबामाको नयाँ घरको मूल्य ११.७५ मिलियन डलर भएको मिडिया रिपोर्टमा उल्लेख छ । उक्त घर ६ हजार ८ सय ९२ स्क्वायर फुटमा बनेको घरमा ७ बेडरुम, ८ शौचालय, २ ग्यारेज, स्विमिङ पुल लगायतका सुविधा छन् ।

obama 9

ओबामा बारे रोचक तथ्य
–उनले किशोरावस्थामा बास्किन्स–रोबिन्समा काम गरेका थिए त्यसपछि उनलाई आइसक्रिम मन नपर्ने बताउछन् ।

– इलिनियस राज्यको सिनेटरको रुपमा उनले एक विधेयक प्रायोजित गरे जसमा प्रहरीलाई ठूला अपराधको भिडियो टेपबाट अनुसन्धान अनिवार्य गर्नुपर्ने भयो । इनिनियस यस्तो व्यवस्था गर्ने पहिलो राज्य थियो ।

– उनलाई स्क्याबल खेल्न मन पर्छ ।

– उनको नामको अर्थ ‘ऊ जो धन्य छ’ हो ।

barack obamaउनलाई मनपर्ने खाना उनकै पत्नी मिसेलले बनाएको ‘झिँगे माछा’ हो ।

उनले ‘ह्यारी पोटर’को सबै किताबहरू पढेका छन् ।

उनीसँग ‘मोहम्मद अली’ले हस्ताक्षर गरेको रातो बक्सिङ्ग पञ्जा छ, जुन उनको लागि प्रेरणाको श्रोत भएको बताउछन् ।

इण्डोनेसियामा बस्दा उनले कुकुरको मासु, सर्पको मासु र रोस्ट गरेको फट्याङ्ग्रा खाएका थिए ।

उनी स्पानिस भाषा पनि बोल्न सक्छन् ।

उनको मन पर्ने पुस्तक ‘हर्मन मेलभिल’को ‘मोबि डिक’ हो ।

‘स्क्र्याबल’ र ‘पोकर’ खेल खेल्न उनी बढी रुचाउँछन् ।

उनले मार्टिन लुथर किङ जुनियर, मोहनदास गान्धी, पाब्लो पिकासो र जोन कोल्टेनलाई आफ्नो नायक मान्छन् ।

जब ओबामा एक्लै हुन्छन्, तब ऐनाको अगाडि गजबगजबका चेहरा बनाउँछन् । कहिले चश्मा लगाएर फरक स्टाइलमा प्रस्तुत हुन्छन् त कहिले भाषणको रिहर्सल गर्छन् । अझ कहिलेकाँही त सेल्फी स्टिकबाट आफ्नो तस्वीर पनि खिच्न भ्याउँछन् अनि दूधमा डुबाएर बिस्कुट खाने कोशिश पनि गर्छन् ।

उनले दुई पुस्तक ’ड्रिम्स फ्रम माई फादर १९९५’ र ’द अडासिटी अफ होप २००६’ लेखेका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...