1478958692 banner ad format

 
 

काठमाडौं । मतगणनाकाक्रममा मतपत्र च्यातेपछि गणना स्थगित भएको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा पुनः मतदान हुने भएको छ ।

Bharatpur municipality voted on again 2

निर्वाचन आयोगको शनिबार बसेको बैठकले सो वडाको मतदान रद्द गर्दै पुनः मतदान गराउने निर्णय गरेको हो ।

‘प्रतिवेदनको अध्ययन गर्दा स्थानीय तह निर्वाचन–२०७३ को दफा ५० को उपदफा (१) को खन्ड (ख) बमोजिम मतगणनास्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर–१९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने’–आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ’–‘सोही ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने ।’

Bharatpur municipality voted on again

प्रकासित मिति

Loading...

 

yummyfood