Hidden
फोनबाट २ करोडको डिल : सिईओको राजिनामा
मध्य भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत मणि काफ्लेले पदबाट राजीनामा दिएका छन् । केही दिनअघि चिनियाँ ठेकेदारका दोभाषे प्रतिनिधि गोविन्द पौडेलसित २ करोड रुपैयाँको लेनदनसम्बन्धी टेप सार्वजनिक भएपछि काफ्लेले राजीनामा दिएका हुन् ।
उनले बिहीबार मध्य भोटेकोसी कम्पनीको व्यवस्थापनसमक्ष दिएको राजीनामा स्वास्थ्यको कारण देखाएका छन् । सार्वजनिक भएको टेपमा चिनियाँ सिभिल ठेकेदार कम्पनी ग्वाङ्सीका दोभाषे गोविन्द पौडेलले ठेकेदार काफ्लेलाई दुई करोड दिने भनेका छन् । जवाफमा काफ्लेले हुन्छ भनेको सुनिन्छ । टेपमा काफ्ले आफैले पैसा मागेका छैनन् ।
१० वर्षअघि स्थापित मध्यभोटकोसीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । विद्युत् प्राधिकरणको १०, चिलिमेको ३८, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका १९.५, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १०, सर्वसाधारणको १५, प्रवद्र्धक कम्पनीको कर्मचारीहरुको ३.५, कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको १, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १ प्रतिशत शेयर छ ।
प्रकासित मिति