1478958692 banner ad format

 
 

काठमाडौँ - छातीमा समस्या देखिएपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् । 
bimalendranidhi
श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना हुनुभएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । 

चिकित्सकले उहाँलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए । 

निधि आज अपराह्न ४ः३० बजे अस्पताल पुगेका थिए । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनि आज नै काठमाडाँै आएका थिए  । 

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन् |

प्रकासित मिति

Loading...

 

yummyfood