annapurna add

काठमाडौं । ऐन महरको नाम हिजो मात्र सुनियो, बाबुराम भट्टराईलाई लेखिएको भनिएको ‘हार्दिक श्रद्धाञ्जली’ काण्ड पश्चात । उनी दोब्बर नेकपाका विद्यार्थी संगठनको मुल नेतृत्वमा रहेछन् ।

अनेरास्ववियूका संयोजक महरकाे आपत्तिजनक भाषा : पूर्वप्रधानमन्त्री भट्टराईलाई श्रद्धाञ्जली !

अनेरास्ववियूका संयोजक ऐन महरले ज्यान मार्ने धम्की दिएपछि साइबर क्राइमको उजुरी दायर

ainjeलगत्तै आज उनको सामाजिक संजालमा आएको लेखिएको बलुन जस्तो केरमेर पनि पढियो, जसमा बाबुराम र विप्लवलाई देशको दुश्मन करार गरिएको रहेछ । बाबुरामको विषयमा म यहाँ प्रवेश गर्न चाहन्न किनकी अहिलेको मामिलामा त्यो मेरो सरोकारको विषय होइन नै ।

महरज्यु,

तपाईंको व्यक्तिगत चरित्रमाथि म आफ्नो समय खर्चिन्न नै, यद्यपि तपाईंको काला कर्तुतबारे जगत जानकार नै छ । समयक्रममा थप थपिएलान् कर्तुत ।

१) तपाईंको पहिलो बुँदालाई गोचर गरौं । देशमा जनताले लामो संघर्ष गर्नुभएको नै हो । ठिक । तर तपाईंले भनेजस्तो राजनीतिक परिवर्तन भएको नै हो र ?

परिवर्तन केलाई भनिन्छ, पश्चगमनलाई कि अग्रगमनलाई ? राजनीतिक सत्ता परिवर्तन भन्ने बित्तिकै उत्पादन साधनमाथिको पकड जनतामा वा अर्को सापेक्षित प्रगतिशील वर्गको हातमा हुनु हो । नेपालमा सामन्तवादी उत्पादन सम्बन्धको ठाउँ केले लियो ? पुँजीवादले ? होइन । मार्क्सवादी अर्थशास्त्रीहरुलाई पढ्नुहोस्, हाम्रो पार्टी देशभक्त विप्लवले नेतृत्व गरेको पार्टीको दस्तावेजलाई पढ्नुस्, तपाईंको नेता घनश्याम भुसाललाई सुन्नुस् वा अलिकत अर्थशास्त्रमा दक्खल भए अनुसन्धान गर्नुस् ।

सबैको निष्कर्ष यो छ कि नेपालको वर्तमान उत्पादन सम्बन्ध दलाल पुँजीवादी हो । दलाल पुँजीवाद भनेको के हो ? आवश्यक परे पाठ पढाउँला । यति बुझ्नुस् कि, यो प्रगतिशील होइन । यसर्थ राजनीतिक परिवर्तन भएको छैन । परिवर्तन सुल्टो हुन्छ विकृत हुँदैन । अर्को, के देशमा जनताले आफ्नो विचार राख्न पाएकाछन् ? शान्तिपुर्ण विरोध गर्न पाएकाछन् ? कहाँ छ समृद्ध नेपाल ? को छ सुखी नेपाली ?

यदि यहाँ कसैको जीवनमा समृद्धि र सुख आएको छ, भने सिर्फ कमिसनखोरहरुको जीवनमा, दलालहरुको जीवनमा, जमिन–मेडिकल–शैक्षिक–मानव माफियाहरुको जीवनमा आएको छ । र यो देशमा तस्कर–दलाल–माफिया–कमिसनखोरहरुको सत्ता छ भन्ने कुराको यथार्थ तथ्य र सुचना सम्पुर्ण जनतालाई थाहा नै छ ।

त्यसकारण लोकतन्त्रको पाठ विदेशी दलालको दासले हामिलाई सिकाउनु आवश्यक छैन ।अर्को थप, विप्लव को हो भन्ने कुरा सम्पुर्ण देशभक्त, श्रमजीवीलाई थाहा छ । उहाँ देशभक्तहरुको, श्रमिकहरुको, उत्पीडितहरुको आशाको दियो हो । यो देशको भविष्य हो ।

दलाल–भ्रष्ट–कमिसनखोर–तस्कर–माफियाहरुको मृत्युको वेग हो, यसैले होला महरको बासी डकारको डङ्का बाहिर आएको । किनकि उनी पनि यहि दलाल–कमिसनखोर सत्ताका हप्ते भत्ता पाचक नै हुन् । यसमा कुनै शङ्का छैन । तथ्यहरु बग्रेल्ती छन् ।

२) राष्ट्रियता र देशभक्तिको पर्दामा ठुला–ठुला राष्ट्रघातमा नाङ्गो नाँच नाच्ने केपि प्रालि र यो प्रालिका साझेदारहरु र तिनका दासहरुले राष्ट्रियता, राष्ट्रिय एकताको बेमौसमी हल्लाले जनता पुनः भ्रममा पर्नुहुनेछैन । कृपया ! अब मेहनत नगरौं । लिपुलेकको मुद्दामा देशभक्त युवा–विद्यार्थीहरुले सडक तताउँदा दमन गर्ने केपि सरकार होइन ? कालापानी–लिपुकेक–लिम्पियाधुरा भारतलाई दिनुपर्छ भन्ने डबल नेकपा कै मन्त्री होइन ? राष्ट्रघाती महाकाली सन्धि गर्न ठूला सपना देखाएर राष्ट्रघात गर्ने एमाले होइन ?

केपि ओलि र एमाले राष्ट्रघाती हुन भनेरनै तथ्य प्रमाण सहित किताब निकाल्ने तपाईंकै नेताहरु होइन ? व्यापक जनताको दबाब पछि लिम्पियाधुरा सहितको नक्सा जारी गरेको (तर भुमि फिर्ता गर्न भारतीय राजदुतसँग कालापानी फिर्ता गर्दिन पर्यो मेरो बेइज्जत हुन्छ भनेर आफ्नो इज्जतलाई केन्द्रमा राख्ने दास मनोवृत्त) नाममा देशलाई सिरिया बनाएर लाखौं जनताको रगतको नदि बगाउने एमसिसी सम्झौता गर्न जोडबल गर्ने दलालहरु कसरी राष्ट्रवादी ?

लिपुलेकमा भारतले सडक निर्माणको विरुद्धमा देशमा सबै भन्दा अघि विप्लव नेतृत्वको नेकपाको युवा संगठनले वक्तव्य निकालेर सम्पुर्ण देशभक्त युवाहरुलाई राष्ट्रिय मुक्ती संघर्षको अपिल गरिरहँदा, देशभर देशभक्त युवाहरुलाई संघर्षमा परिचालन गरिरहँदा आफ्नो मालिकको इसारा कुर्ने को हो ?विद्रोही नेकपाले भारत र चीनका सरकारलाई आधिकारिक पत्र लेख्दा अतालिने मानसिकता कस्तो हो ?पार्टी चलाउनका लागि भारु र डलर थाप्न हामिले तपाईं आबद्ध पार्टीले जस्तो लैनचौर दूतावास र अमेरिकी दूतावास धाएका छैनौं । बहुराष्ट्रिय कम्पनीहरुसँग कमिसन लिएका छैनौं । चन्दाबिना चल्ने पार्टी कुन छ ? क्रान्तिकारी र देशभक्त शक्तिको लागि चन्दा लिनु नैसर्गिक अधिकार हो ।

३) नेपाली कलकारखाना बहुदलीय व्यवस्था आए पछि नवउदारवादको नाममा ध्वस्त बनाएर त्यती नै बेला मात्र ३० लाख युवाहरुलाई बेरोजगार बनाउने र हाल आएर १ करोड नेपालीलाई विदेशीको हातमा बेचेर उनीहरुले पठाएको पैसामा लुटखसोट गर्ने तपाइँको उपल्ला नेताहरु यो देशको दुश्मन कि जनता नै यो देशको मालिक बन्नुपर्छ, आधारभुत आवश्यकता निःशुल्क पाउनुपर्छ, नेपाली युवाहरुले देशमै बसेर देशको सेवा गर्नुपर्छ, दलालहरुक लुटखसोटको धन्दा बन्द हुनु पर्छ भन्ने विप्लव यो देशको दुश्मन ?

देशको नदिनाला, प्राकृतिक सम्पदा बेच्ने यो देशको दुश्मन कि नदिनाला बेचिन हुन्न भनेर जनतालाई संघर्ष होम्ने विप्लव यो देशको दुश्मन ? कान्डै–कान्ड, कमिसनै–कमिसनको आहलमा डुब्ने तपाईंका नेताहरु यो देशको दुश्मन कि कान्डेहरु विरुद्ध आगो ओकल्ने विप्लव यो देशको दुश्मन ?

४) मदन भण्डारीले कुन सिद्धान्त प्रतिपादन गरे ? साम्राज्यवादको दलाल संशोधनवादी ख्रुश्चेवले अघि सारेको नारालाई सिद्धान्त भनेर गैरमार्क्सवादी होहल्लाको नाटक मम्चन बन्द गर्नुस, त्यो पर्दाफास भइसकेको छ । राष्ट्रपति मदन पत्नी विद्या छिन्, प्रम ओलि छन् । मदनको हत्या पछि, जनतामा एमालेलाई चुनावमा जिताए मदनको हत्यारा पत्ता लगाउँछौ भनेर जनतालाई झुट बोल्ने र हत्याराहरुको लाइनमा उभिने केपि होइन ?अन्त्यमा, झिङ्गाको सरापले डियाँ मर्दैन ।

विदेशी दलालहरुको दासले धेरै छक्कापन्जा नगर्दा हुन्छ । बयल गाढा चढेर अमेरिका पुग्न सकिन्न भन्दा भन्दै तपाईंले मानेकै गणतन्त्रमा बयल गाढा पुर्यादिने विप्लवहरु हुन्, जति बेला यहि गणतन्त्र ल्याउन लड्नेहरु विरुद्ध सेना परिचालन गर्न सहमति गर्ने तपाईंको पार्टी पनि हो । इतिहासको ज्ञान नभए कक्षा लिन आउनुस् । तर्क तथ्यमा आधारित हुन्छ । तथ्यविहिन कुतर्क नगर्नुहोस् ।

लेखक कमरेड दिप, विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल भेरी कर्णाली ब्यूरो इन्चार्ज हुन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर