annapurna add

काठमाडौं । नेपाली काँग्रेसकाे १४ औँ महाधिवेशनको मिति सार्वजनिक पछि पदाधिकारीका आकांक्षीमा बेचैनी देखिएको छ ।

नेपाली कांग्रेसका नेता गगन थापा हराएको सुचना !

bishow gagan thapa kantipathकाँग्रेसले आगामी वर्षको फागुन ७ देखि १० गतेसम्म १४ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।

सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शेखर कोइराला आन्तरिक रणनीतिमा देखिन्छन् ।

काँग्रेसको नयाँ विधान अनुसार कोषाध्यक्ष बाहेक १३ जना पदाधिकारी निर्वाचित हुने प्रावधान छ ।

यसअघि एक जना उपसभापति, एक महामन्त्री मनोनित र एक महामन्त्री निर्वाचित हुने व्यवस्था थियो ।

उपसभातिमा नेताहरुको त्यति आकर्षण देखिँदैन । तीन सहमहामन्त्रीमा पनि आकर्षण देखिएको छैन ।

तर सभापतिपछिको शक्तिशाली मानिने महामन्त्री पदका लागि आकांक्षीको लर्को सभापति पदकै जस्तो लामै छ ।

संस्थापन पक्षमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउदलगायत महामन्त्रीका प्रमुख दाबेदरका देखिन्छन् ।
महामन्त्रीका लागि संस्थापन इतरमा डा. रामशरण महत, मिनेन्द्र रिजाल, गगन थापा र चन्द्र भण्डारीलगायतको दाबी छ ।

काँग्रेस वृत्तमा विश्वप्रकाश शर्मा र गगन थापाको चर्चा जबरजस्त ढंगले उठेको छ । तर, महामन्त्री बन्न शर्मा र थापालाई सजिलो छैन ।

संस्थापन पक्षमा खड्का, महत, शर्मा, खाँड, कार्की र साउदमध्येबाट महामन्त्री प्रत्यासी उतार्नुपर्ने बाध्यता देखिन्छ । यस्तै बाध्यता संस्थान इतरपक्षमा पनि छ ।

गगन थापालाई चुनौती
थापालाई महामन्त्रीमा आउन सिटौलाले ‘त्याग’ गर्नुपर्ने देखिन्छ ।

एक्लै महाधिवेशन फेस गर्ने अवस्थामा सिटौला समूह छैन । कुनै समूहसँग मिल्दा सिटौला र थापा मध्ये एकले ‘कम्प्रमाज’ गर्नुपर्ने देखिन्छ ।

यो ४ वर्षमा थापाले सिटौला समूहबाट पाएको भनेको स्वास्थ्यमन्त्री मात्र हो । पार्टी राजनीतिमा सिटौलामा देखिएको पौडेल मोहले थापालाई केही झस्काएको बताइन्छ ।

सिटौलाले आफ्नो लागि ‘कम्प्रमाइज’ गर्न नसक्ने चाल पाएका थापामा यतिबेला छट्पट्टी सुरु भएको छ ।

शर्मालाई चुनौती

नयाँ सदस्य शर्माको हालत पनि थापाको भन्दा कम छैन ।

देउवाको पहिलो प्राथमिकता विगतमा आफूले पार्टी फुटाउँदा साथ दिएकाहरु नै रहने विश्लेषण गरिन्छ । जसले शर्माको लोकप्रियता र प्रवक्ताका रुपमा देखाएको क्षमता गौण बन्न पनि सक्छ । देउवाले पार्टी सत्ता सम्हालेदेखि त्यसको छनक देखाउँदै आएका छन् ।

त्यसको पछिल्लो उदाहरण उपनिर्वाचनको टिकट वितरण र नेविसंघको नेतृत्व चयनमा देखिन्छ । पार्टी विभाजनका गरेका बेला बहुमत भ्रातृ र शुभेच्छुक संस्थाले देउवालाई साथ दिँदा शर्माले भने तत्कालीन संस्थापनमै रोजेका थिए । 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...