annapurna add

शैलेन्द्र रोकाया, बझाङ । बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना परि १० जनाको मृत्यु भएपछि कोटदेवल गाउँ शोकमा डुबेको छ ।

 

सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्री बाट मष्टा गाउँपालिका जादै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालिका वडा १ का ४२ बर्षीया कलक बहादुर खड्का, उहाँका १७ बर्षीया छोरा सुनिल खड्का पनि रहेका छन् ।

यस्तै उहाँकी श्रीमती बर्ष ३८ की जुनधारा खड्का, बर्ष २३ का हिक्मत खड्का , त्यस्र्तै सोही वडाकी बर्ष ४९ की धौली खड्का, बर्ष ६५ की जुना खड्का, बर्ष ९ की बिपना खड्का रहेका छन् । त्यस्तै मृत्यू हुनेमा बर्ष ३०का भक्त द्धाल, बर्ष २७ लक्ष्मि द्धाल सोही वडाका बर्ष २३ का चालक सुरेन्द्र थापा र रहेको प्रहरीले वडा प्रहरी कार्यालय चैनपुरका सहि माहानन्द जोशीले बताउनुभयो ।

त्यसै घटनामा परि गम्भिर घाईते हुनेमा मष्टा गाउँपालिका १ का बर्ष १४ की संगिता खड्का , बर्ष २८ का गोकुल शाही बर्ष २८का जनक द्धाल , बर्ष २८ की अनिता द्धाल र बर्ष १०का गणेश खड्का रहेका छन् । कोटदेबलका मृत्यू भएका कलक खड्काको एकै परिबारका तिनजनाको मृत्यू भएको बताईएको छ ।

एकै गाउँका सात जनाको मृत्यू भएपछि कोटदेबल गाउँ रुवाबासी चलेको छ । मृतक हुने खड्का जातका सबै कोटदेबल गाउँका रहेका छन् भने द्धाल जातका रनाडा गाउँका रहेको स्थानीय भुपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो गाउँ भरि रुवाबासी छ, गाउँमा सबै शोकाम छन् । दैनिक उपभोग्य बस्तु किन्न सदरमुकाम आएका कोटदेवलका स्थानीयहरु मिलेर जिप रिर्जब गरि गएका थिए ।

सडक एकदमै उकालो भएको र गाडीमा लोड बढी भएका कारण पछाडी आएर भिरमा खसेको हो प्रहरीले बताएको छ । चालकले उकालोमा फोर ह्वीईल नहालेका कारण पनि जिप अनियन्त्रीत भई खसेको हुन सक्ने अनुमान रहेको बताईएको छ । घाईतेहरुको उद्धारका लागी ढ ल ब्प्म् नम्बरको सिम्रीक एयरको हेलिकप्टरबाट गम्भिर घाईत तिन जनालाई उपचारका लागी नेपालगञ्ज लिएको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...