annapurna add

Astha Raut HOSPITALNEWSकाठमाडौ । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको हो । राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ नम्बर बेडमा राखेर उपचार भैरहेको स्राेतले बताए ।

आस्थालाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

एक वर्षसम्म कैद र १० हजार जरिवाना हुन सक्ने !

तर गायिका राउत आजै रिहा हुने स्राेतकाे दाबी भएपनि प्रहरीले भन्ने फेरि अर्काे चाल चलेकाे छ । 

यही माघ १ गते विमानस्थलमा सुरक्षा जाँचका विषयलाई लिएर महिला प्रहरी रमिता श्रेष्ठ र गायिका राउतबीच विवाद भएको विषयलाई गायिका राउतले नै भिडियोसहित सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

Breaking : गायिका आस्था राउत पक्राउ

यसै विषयमा महिला प्रहरी श्रेष्ठले मुख खोल्दै राउत विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा अभद्र व्यवहार विरुरद्ध उजुरी दिएकी थिइन् ।

राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको हाे ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...