tealaya add

ghar

हेटौंडा। पुस्तौ देखि माछा मारेर जीविकोपार्जन गरिरहेका मनहरी ७ चौधघरेका सीमान्तकृत बोटे समुदायका मधु बोटेको नयाँ घर बन्ने भए पछि खुशीको सीमा छैन ।

मनहरी गाँउपालिकाले बोटे समुदायका लागि एकिकृत बस्ती निमार्ण गर्न सुरु गरे पछि बोटे बस्तीमा खुशी छाएको हो । आफू स्वयम्ले पैसा कमाएर घर बनाउन निकै गाह्रो अवस्थामा रहेको भन्दै मधुले गाँउपालिकाले घर निर्माण गरेपछि निकै खुशी भएको बताइन् । आफू बस्ने घर निर्माणको अन्तिम चरणमा पुगेपछि बोटे समुदायमा उत्साह छाएको छ। दशैं अघि नै नयाँ घरमा बस्न पाइने आशमा उनीहरु दंग छन् ।

मनहरी गाँउपालिकाले १४ वटा घर बनाउने बताएको छ भने पाँच वटा घरको निमार्ण कार्य करिब सम्पन्न हुन लागेको छ । २० लाख लगानीमा ५ वटा घरको निमार्ण अन्तिम चरणमा पुर्याएको गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतिले बताए । बाँकी ९ वटा घर पनि छिट्टै बन्ने उप्रेतिको भनाई रहेको छ । पाँच ओटा घरको अब झ्याल ढोका ,रङ र शौचालय बनाउने काम भैरहेको छ भने बाकि ९ नौ वटा घर निमार्ण सुरु हुदै छ ।

मनहरी गाँउपालिकाको एकिकृत बस्ती निमार्ण गर्ने मात्र योजना नभएर बोटे बस्तीलाइ हाम स्टे कै रुपमा परिचित गराएर पर्यटक भित्र्याउने लक्ष्य रहेको गाँउपालिकाको भनाइ छ । जसका कारण बोटे समुदायले रोजगारी पनि पाउने छन् । बस्ती निमार्ण दु्रत रुपमा गरेर दशैं भन्दा पहिले नै समुदायलाई हस्तान्तरण गर्ने गाँउपालिका अध्यक्ष उप्रेतिले बताए ।

आफू ३४ बर्ष हुँदासम्म पनि सुरक्षित आवास नहुँदा निकै समस्या भोग्दै बसिरहेको सुरेश बोटेले सुनाए । यस्तो अवस्थामा स्थानीय सरकारले सुरक्षीत घर निमार्ण सुरु गर्न थाले पछि आफुहरुले अब सुरक्षित महसुस गर्न सक्ने अवस्थामा पुगेको उनको भनाई छ । यो भन्दा अगाडी पनि चुहिने काँसको छानोमा कैयौ बर्षायाम कटाएको सम्झँदै उनले अब भने त्यस्तो नहुने बताए ।

अझै होम स्टे बनाउने निर्णयले त निकै उत्साहित बनाएको बोटे समुदायका अगुवा कान्छिमाया बाटे बताउँछिन् । निर्माण भैरहेको प्रत्येक घरमा तीन वटा कोठा, शौचालय र करेसाबारीको लागि केहि स्थान छुट्याइएको छ । गाँउपालिकाले प्रति घर चार लाख रुपैयाँ रकम लगानी हुने बताएको छ । भूमीहिन बोटे समुदायका लागी राज्यले नै जग्गा उपलब्ध गराएको थियो ।

बोटे समुदायको आवास निमार्णको लागी प्रदेश तीन सरकारले समेत आर्थिक बर्ष ०७५÷०७६ का लागी ५० लाख रुपैयाँ बिनियोजन गरेको थियो । अत्यन्तै गरीब र सीमान्तकृत बोटे समुदायका लागि गाँउपालिकाको यो कामले सुरक्षित आवास र दीगो रोजगारीमा निकै टेवा पुर्याउने गाँउपालिका अध्यक्ष उप्रेतिको विश्वास छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...