tealaya add

bussफाईल फोटो


गुडिरहेको बसमा आगलागी भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबीच जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको हो।

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो। बसमा सवार यात्रुहरु सकुशल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेम बहादुर केशीले जानकारी दिए।

आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन। बसमा आगलागी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बर्दघाटबाट पुगेको प्रहरी टोली आगलागी नियन्त्रणमा लिएको हो आगलागिबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर