annapurna add

Krishna Mahara kantipathnews newsकाठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले २० दिन लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको हो।

महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। ‘म रोशनीको निवास गएको हुँ तर कोठामा प्रवेश गरिनँ। फोन गरें। उठाइनन्’, महराले बयानमा भनेका छन्, ‘त्यसपछि फर्किएको हु।’ प्रहरीले महरामाथि अर्को प्रश्न गरेका थिए– ‘तपाईंले झन्डै डेढ घण्टा बिताउनुभएको बयान तपाईंसँगै गएका अंगरक्षकले दिएका छन्, यसमा स्पष्ट खुलाइदिनोस्।’ यसको जवाफमा महराले आफूले फोन मात्रै गरेको र २०–२५ मिनेट कुरेर बसेको बताएका छन्।

रोशनीले चश्माको टुक्रा र जुत्ताको तलुवा ‘महराकै हो’ भनेर प्रहरीमा उल्लेख गरेसँगै प्रहरीले यसबारे महरासँग प्रश्न गरेको थियो। जवाफमा उनले ती वस्तु आफूलाई फसाउने षड्यन्त्रअनुरूप त्यहाँ राखेको बताएका छन्। उनी रोशनीको कोठामा पुगेर फर्किएपछि मदिराले लठ्ठिएका थिए। चश्मा लगाएर रोशनीको कोठा पुगेका महरा चश्मा नलगाई फर्किएको बयान अंगरक्षकले दिएका छन्।

प्रहरीले बयान प्रमाणित गरेसँगै एक अनलाइनलाई रोशनीले दिएको अन्तर्वार्तालाई पनि प्रमाणका रूपमा लिएको छ। ‘हामीले बलियो प्रमाणसहित सरकारी वकिल कार्यालयमा मिसिल बुझाएका छौं’, स्रोतले भन्यो, ‘उहाँमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा चल्ने स्पष्ट प्रमाण छ।’

महराले आफू सार्वजनिक पदमै रहेका बेला त्यस्तो हर्कत गरेकाले प्रहरीले फौजदारी अपराध संहिताअन्तर्गत थप सजायको मागदाबीसमेत गरेको छ। रोशनी र महराबीच पटक–पटक भएका फोन संवाद र एसएमएसलाई पनि प्रहरीले प्रमाणका रूपमा जुटाएको छ। स्रोतका अनुसार उनलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को बलात्कार प्रयाससम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। प्रहरी प्रतिवेदन अध्ययन गरी सरकारी वकिल कार्यालय मुद्दा चलाउने वा नचलाउने भन्नेमा निर्णय गर्नेछ।

महरालाई असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो। असोज १२ गते राति संसद् सचिवालयमा कार्यरत रोशनीमाथि बलात्कार प्रयास गरेको आरोपमा महराविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको थियो। घटनाको दुई दिनपछि असोज १४ गते महराले सभामुख पदबाट राजीनामा दिएका थिए। अन्नपूर्ण

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

 महरा प्रकरण : सामान्य नागरिक सरह छानविन हुनुपर्ने थापाको माग

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

 सभामुख महरा यौन काण्ड, गरे समाचारकाे खण्डन, के हाेला सजाय ?

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव 

‘भीआईपी यौन काण्ड’: महराको बहस आज, जेल जान्छन कि घर ?

प्रकासित मिति

Loading...
Loading...

 

Loading...