Hidden
कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ परेपछि सभापति देउवाले निकाले यस्ताे विज्ञप्ती
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर सरकारलाई चेतावनी छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले उनले विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’
सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’ पौडेलप्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत भएको देउवाको दाबी छ ।
यस्तै नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संठनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएकोमा प्रदर्शन गर्न भएको छ ।
तनहुँले जारी गरेको निषेधाज्ञा कांग्रेस वरिष्ठ नेता पौडेलले तोडेपछि, अनि प्रहरीले पक्राउ गर्याे
प्रहरीले किन समात्यो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई ?
नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनमा बुधबार (आज) साढे पाच बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए ।
नालायक, निकम्मा र भ्रष्ट सरकारको ज्यादतिका विरुद्ध प्रदर्शन गर्न लागि भएको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो ।
तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ ।
प्रकासित मिति