annapurna add

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ ।

किन आए रअ प्रमुख नेपाल : यस्ताे छ सानेपा र नक्सालमा गोप्य भेटघाट

Prachanda raw kantipathविहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका युवा संघका नेता रामप्रसाद सापकोटा दीपशिखाले  भने, ‘अध्यक्षले भारतीय गुप्तचर प्रमुखलाई भेट्नु न परैजाओस्, उनी काठमाडौं आएकै हुन् कि होइनन् भनेर अहिलेसम्म भेरिफाई गरिरहनुभएको छ । उहाँलाई भारतीय गुप्तचर प्रमुख काठमाडौं आएको थाहै छैन ।’

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि भारतीय गुप्तचरसँग प्रचण्डको भेट नभएको बताए ।
भारतीय गुप्तचरको आगमनबारे प्रचण्ड सचिवालय अनभिज्ञता यदि सही हो भने यो भ्रमणबारे प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी सचिवालयमा कुनै पनि छलफल वा पूर्वजानकारी नदिएको देखिन्छ ।

नेकपाको गत स्थायी कमिटी बैठकले पार्टी र सरकार सञ्चालन दुई अध्यक्षवीचको सरसल्लाहमा गर्ने भनिएको थियो ।

पछिल्लो समय भारतसँग सीमा विवाद चर्कंदै गएका बेला नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले नै नेपाल सरकारले नक्शा जारी गर्नुपर्ने निर्णय गराएका थिए ।

पार्टीको सो निर्णयपछि सरकारले नक्सा जारी गरेको थियो । तर, पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा ओली पक्षका कार्यकर्ताहरुले प्रचण्डलाई ‘भारतीय दलाल’ समेत भन्ने गरेका थिए ।

तर, अहिले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचरलाई नेपाल निम्त्याउँदा पार्टीमा कुनै सल्लाह नै नगरेको प्रचण्डका निकटस्थहरु बताउँछन् ।

सार्वजनिक सवारीसाधनबाट ठगिँदै यात्रु
प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

त्यस्ता सवारी साधनमा भाडादर नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पालना नगरेको र भाडामा थप ५० प्रतिशत वृद्धि गरेर लिएको वीरगन्ज–जनकपुर चल्ने बसमा सवार यात्रु कबिर महतोले बताउनुभयो । अनुगमन गर्ने सम्बन्धित निकाय कानमा तेल हालेर निदाइरहेको उहाँको आरोप थियो ।

यसक्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरी यात्रा गरेपनि नियमनकारी निकायहरूले खासै वास्ता नगर्ने गरेको यात्रु महतोको भनाइ थियो ।

मन लागेको समयमा ट्राफिक प्रहरीले सवारी साधन रोकेर यात्रुका गुनासा सनेजस्तो गरेपनि समस्या समाधानमा कसैको ध्यान नपुगेको अर्का यात्रु प्रकाश पोख्रेलले बताउनुभयो ।

नेपालीको महान चाड बडादशैँ शुरु भएकाले मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सिट क्षमताअनुसार नै यात्रुुहरू राख्न पाउने र पुरानै भाडादर ९२०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर कायम हुने निर्णय भएको जनाएको थियो तर सरकारको निणर्यलाई भने यातायात व्यावसायीहरूले बेवास्था गरेर थप ५० प्रतिशत भाडा असुलिरहेका हुन् ।

आफूहरूले सवारी साधनको जाँचलाई निरन्तरता दिएको,यात्रुका समस्या समाधानका लागि प्रदेशअन्तर्गत सबै जिल्लाका सबै स्थानमा यात्रु सहायताकक्ष स्थापना गरेको, ट्राफिक नीयम विपरित चल्ने सवारी साधनहरूलाई ट्राफिक नीयमानुसार कार्बाही गरेको पथलैयास्थित २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरीप्रमुख तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार यात्रुहरूले वास्तविक समस्या नसुनाएका कारण पनि समस्या आएको तर गुनासो आएलगतै कार्बाही गर्ने गरिएको छ ।

लामो समयसम्म थन्किएर बस्नुपरेकाले आफ्ना व्यवसाय फष्टाउन नसकेका कारण पनि यात्रुहरूले खुसीले भाडा दिने गरेको यातायात व्यावसायीसमेत रहेका सवारी चालक विनोद साहले बताउनुभयो । साथै यात्रुहरूले पनि ट्राफिक प्रहरीले भाडाको विषयमा सोध्दा आपूmहरूलाई बचाउने गरेको साहको भनाइ थियो ।

प्रदेश नं २ का आठवटै जिल्लाका पूर्व–पश्चिम लोकमार्ग, भित्री सडक खण्ड, सिमानाका गरी ७९ ट्राफिक प्रहरी युनिट रहेका र प्रदेश प्रदेश नं २ मा मात्र २४४ पूर्व– पश्चिम लोकमार्ग पर्दछ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...