hetauda kantipath

हेटौंडा - लागू-औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस हेटौंडामा प्रभात फेरी गरेर मनाइएको छ । जिल्ला स्तरीय लागू औक्षध नियन्त्रण अभियान समिति मकवानपुरले आयोजना गरेको प्रभात फेरी कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवापनुरबाट सुरु भई बाइपास रोड, टि सिएन रोड हुँदै बुद्धचोकमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरूले लागू औषध नियन्त्रण गर्नका लागि सबै पक्ष अग्रसर भएर लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी असमान तामाङ्ले लागू औषध नियन्त्रण गर्नका लागि प्रशासन र प्रहरीले मात्र नसक्ने भएकाले स्थानीय तह सँगै आम नागरिक समाज लाग्नुपर्ने बताए । चालु आर्थिक वर्षमा मात्र मकवानपुरको राक्सीराङ्, कैलाश, बकैया लगायतका गाउँपालिकामा ३ सय ४२ बिघा क्षेत्रफलको गाँजा नष्ट गरिएको बताए।

65306579 352260035472865 1402251352641372160 n

कार्यक्रममा प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव बालकृष्ण निरौलाले लागू औषध नियन्त्रणको अभियानमा आफूहरू पनि सहकार्य र समन्वय गरेर काम गर्न तयार रहेको बताए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले आपराधिक घटनामा प्रहरी कस्टडीमा रहेका मध्यमा ६० प्रतिशत थुनुवा लागू औषध ओसार पसा रमा संलग्न रहेको बताए । कार्यक्रममा मकवानपुरका पत्रकार सुजन ढकाल, रुपक कालीराज र जीवराज बख्रेललाई सम्मान गरेको थियो भने दुव्र्यसन सम्बन्धी कार्य गर्ने संस्थालाई पनि सम्मान गरेको थियो ।

65017247 626237737896608 1842101161037922304 n

प्रकासित मिति

Loading...
Loading...

 

Loading...