annapurna add

five g war affairsकरीव ६ सयबर्षको पुरानो इतिहास वोकेको यो पुँजीवादले बाणिज्यवादबाट आफनो यात्रा शुरु गरयो । कच्चा पदार्थहरु जम्मा गर्ने, त्यसलाई आफनो देशमा उत्पादन गर्ने र उत्पादित तयारी वस्तुहरुको बजार खोज्ने र त्यसलाई सधैभरि नियन्त्रण राखिरहने आर्थिक नीतिले उपनिवेशलाई जन्म दियो । जसकाकारण विश्वका अधिंकाश मुलुकहरु औपनिवेशिक मुलुक वने । वाणिज्यवादलाई सफल प्रयोग गर्न सफल वेलायत लगायत केही युरोपेली देशहरु यही वाणिज्यवादको जगमा वस्तु तथा सेवाको अधिक मागकाकारण औँधोगिक पुँजीवादमा समेत फड्को मार्न सफल भए । तर दोस्रो विश्वयुद्ध (१९४५) को अन्त्यसँगै जव औपनिवेशिक राष्ट्रहरु स्वाधिन राष्ट्र वन्दै गए ।

औपनिवेशिक अवस्थामा रहेका राष्ट्रहरु स्वाधिनमात्र वनेनन्, यी राष्ट्रहरुले स्वाधिन अर्थतन्त्र निर्माणको दिशामा पनि अगाडी वढन शुरु गरे । जसले पुँजीवादको अन्र्तराष्ट्रिय प्रवाहमा व्रेक लगायो, पुँजी र सेवाको अन्तराष्ट्रिय वजारको नियन्त्रण समेत गुमाउदै गएको अवस्थामा वाणिज्यवादी र औधोगिक पुँजीवादको अभ्यास गरिरहेका देशहरु औपनिवेशिक देशहरुवाट कच्चा पदार्थ र श्रमको दोहन गर्दै जम्मा गरेको नाफा र नाफाको भण्डारण संकटमा परयो । मुख्य रक्त सञ्चार नाफामै असर गरेपछि सिङगो त्यतिवेला पुँजीवादमै धक्का पर्नु स्वाभाविक नै थियो । त्यतिवेला बाणिज्य र औधोगिक पुँजीवाद संकटमा परयो । त्यहीवेला यसको विकल्पमा विश्वका हरेक देशहरुमा समाजवादी अर्थव्यवस्थाकालागि लडाइहरु भए र सोभियत संघले पहिलो विश्वयुद्धपछि लागु गर्न सफल समाजवादी अर्थव्यवस्थाको मोडेललाई चीन लगायत पुर्वी योरोपका कतिपय देशहरुले लागु गर्न सफल भए ।

स्वरुप वदलेर संकट टार्दै गरेको पुजीवाद
वाणिज्यवाद र औद्योगिक पुँजीवादलेमात्र समग्र पुँजीवादी व्यवस्थालाई वचाउन मुस्किल भएपछि यसले आफनो स्वरुप बदल्यो । पुँजीवादको स्वरुप वदल्न र यसलाई वचाउन विश्व बैक, विश्व व्यापार संगठन, अन्र्तराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाहरु जन्माइयो । जसले राजनीतिकस्वरुपमा होइन, आर्थिक र सामाजिकरुपमा भुमण्डलीकरण वा विश्वव्यापीकरणकोरुपमा वस्तु तथा सेवाहरुको अन्र्तराष्ट्रिय प्रवाहलाई अगाडी वढायो । कमजोर राष्ट्रहरुवाट श्रम र कच्चा पदार्थको दोहन गर्दै लोककल्याण र सेवाका नाममा अन्तराष्ट्रिय वजार कव्जा गर्दै यी देशहरुले धनी देशहरुलाई धनी वनाउने काम गरिरहे । समग्रमा पुजीवादको सेवा गरिरहे । अर्कोतिर सैद्धान्तिक हिसावले राज्यको कमजोर नियन्त्रण र नीजिक्षेत्रको विस्तारित र व्यापक भुमिकासहितको बजार अर्थतन्त्र सहितको उदारवादी पुँजीवादको निर्माणमा एडम स्मिथहरु लागे । वितिय पुजिवादका माध्यमवाट लोककल्याणकारी अर्थतन्त्रको निर्माणमा किन्सहरु लागे । जसले नाफालाई नै केन्द्रमा राखेर उदारवादी र लोककल्याणकारी पुजीवादका नाममा पुजीवादको संकट टार्ने काम गरे ।

कोरनाको प्रभावः संकटमा भुमण्डलीकरण
पछिल्लो अवधिमा नवउदारवाद, भुमण्डलीकरण र स्वतन्त्र व्यापारको मन्त्रकाकारण बाँचेको पुँजीवाद पटक पटकको संकट टारेर वौरिदै आएको छ । चाहे त्यो पहिलो विश्वयुद्ध वा १९२९ को विश्वको आर्थिक मन्दी र दोस्रो विश्वयुद्ध पछिको आर्थिक संकट होस् वा चाहे २००८ मा वितिय पुँजिवादमा देखिएको संकट होस, पुँजीवादले कुनै न कुनै रुपमा यसको रुप वदल्दै बौरिने अवसर पाइरहेकै छ । तर माल तथा सेवाहरुको अन्र्तराष्ट्रिय प्रवाहको जग हल्लाइरहेको यो कोरोना भाइरसले निम्त्याएको पँुजीवादी संकट कसरी टार्ने भन्ने पुँजीवादी अर्थशास्त्रीहरुको टाउको दुखाईको भने अहिलेसम्म कुनै औषधी पता लागेको छैन ।

पुँजीवादको पछिल्लो इन्जिनकोरुपमा रहेको भुमण्डलीकरण अर्थात स्वतन्त्ररुपमा वस्तु तथा सेवाहरुको अन्र्तराष्ट्रिय प्रवाह आज कोरना भाइरसका कारण क्षयीकरणको अवस्थामा रहेको छ । विश्वव्यापीकरणको मुख्य साधनकारुपमा रहेको स्काई इकोनोमी अर्थात आकास अर्थतन्त्र प्राय ठप्प छ । कनेक्टीभिटीका अन्य आधारहरु सामुन्द्रीक मार्गहरु, क्रस वोर्डर रेल्वे सेवाहरु ठप्प हुदाँ यसले माल र सेवाको अन्र्तराष्ट्रिय प्रवाहलाई रोकेको छ । भरनिर्भरताकाको सिद्धान्त आविष्कार गरेर एक देशलाई अर्को देशसँग निर्भर वनाउने नीतिहरुलाई यतिवेला कोरोनाले गतिलो झापड हानेको छ । ग्राम भिलेजको वकालत गर्ने समाजशास्त्र र अर्थशास्त्रका वकीलहरु पनि यतिवेला गहिरो चिन्तामा परेका छन । कोरोना संक्रमणको यो घडीमा भुमण्डलीकरणको एउटा अस्त्र अव सञ्चार, सुचनाको क्षेत्रमात्र जीवित छ तर माल र सेवाको अन्र्तराष्ट्रिय प्रवाह रोकिएपछि यसले मात्र मानिसहरुको थालमा भात र शरीरमा लुगा दिन सक्दैन ।

कोरना भाइरसकाकारण यतिवेला भुमण्डलीकरणमा संकट निम्तिएको छ र विश्व पुजीवादमा नपत्याउदो धक्का लागेको छ । यो भाइरसकाकारण साना अर्थतन्त्रहरुभन्दा ठुला अर्थतन्त्रहरु समस्यामा पर्दै गइरहेका छन । कच्चा पदार्थको दोहनकालागि लगानी र तयारी वस्तु विक्रीकालागि अन्र्तराष्ट्रिय वजारहरु कव्जाको अन्तराष्ट्रिय प्रवाहलाई कोरोनाले रोकेपछि नाफा र नाफाको भण्डारण गर्ने ठुला अर्थतन्त्रहरुमा धक्कालाग्नु स्वाभाविक नै हो । सिधा अर्थमा भन्ने हो भने लगानी र अन्र्तराष्ट्रिय बजारमा कोरोनाले व्रेक लगाएपछि आज साना अर्थतन्त्रलाई भन्दा ठुला अर्थतन्त्रहरुलाई निकै ठुलो चुनौति दिएको छ । यदी केही महिना यस्तै स्थिति रहने हो भने यो कोरोना भाईरस पुँजीवादकै संकट वन्न सक्दछ ।

के चीनले स्पेनलाई बेचेकै हो ४३२ मिलियन यूरोको औषधी ?
कोभिड-१९ बाट प्रभावित स्पेनलाई संक्रमण नियन्त्रणका लागि बेइजिङले ठुलो मात्राको ब्यापारिक सम्झौता गरेको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले स्पेनलाई कोभिड-१९ विरुद्ध लड्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । बुधबार चीन र स्पेनबीच ४३२ मिलियन यूरोको ब्यापारिक डिल भएको स्पेनी स्वास्थ्यमन्त्री साल्भाडोर ईलले जनाएका छन् । उक्त ब्यापारिक सम्झौता अनुसार स्पेनले विभिन्न किस्तामा ५५० मिलियन मास्क, ५.५ मिलियन टेस्ट किट, ९५० रेस्पिरेटर, ११ मिलियन जोडी पन्जा प्राप्त गर्ने छ । गत १४ मार्च देखि स्पेनका ४७ मिलियन जनता लकडाउनमा छन् भने ४७ हजार संक्रमित छन् । स्पेनमा भएको मृत्यु संख्या चीनको भन्दा धेरै हो ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग टेलिफोन वार्ता गर्दै सीले चीनले कोभिड-१९ विरुद्धको लडाइमा साथ दिने प्रतिवद्धता जनाएको टाइम्स अफ इंडियाले जनाएको छ। योसँगै चीनबाट सहयोग सामाग्री स्पेन पठाइएको छ। राष्ट्रपति सिले संकटलाई अवसरको रुपमा परिणत गर्न अन्तर्राष्ट्रिय समुदायहरुले एक भएर काम गर्ने र अन्तर्राष्ट्रिय स्वास्थ्य सुरक्षाका लागि सहयोग आदानप्रदान गर्ने बताएका छन्।

‘पानी परेपछि सूर्य अवस्य उदाउँछ’, राष्ट्रपति सिले विश्वास व्यक्त गरेका छन्, ‘महामारीविरुद्ध दुई देशले साझेदारी गर्ने छन्। दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने छ।’ टेलिफोन वार्ताका क्रममा स्पेनका प्रधानमन्त्रीले स्पेनमा रहेका चिनियाँ नागरिकहरुको सुरक्षा गर्ने प्रतिवद्धता जनाएका छन्। विश्व राजनीतिमा अमेरिकी धुर्बिय देश भनेर चिनिने स्पेनले एकाएक यत्रो ब्यापारिक सम्झौता गरेपछि अमेरिकामा तरङ्ग पैदा भएको छ । विश्वभर कोरोनाको फैलावट अनि चीनको खुम्चाहटले कतै यो भाइरस मानव सिर्जित त हैन भन्ने केहि पश्चिमी र भारतीय मिडियाका स्वर झन् ठुला बनाएको छ । जे हो उक्त ब्यापारिक सम्झौताले विश्वराजनीति र अर्थतन्त्रमा नयाँ रुप दिएको छ ।

पहिलो र दोश्रो विश्वयुद्धमा अमेरिकाले सारा विश्वलाई करोडौ डलरको युद्ध सामग्री बेच्यो र महाशक्ति बन्यो के महाशक्ति बन्ने होडमा चीनले फिफ्थ जेनेरेसन वार अफेयर्स सुरु गरेको त हैन ? हो भने संकट अझ गहिरिदै जानेछ किनभने यो भन्दा अघिल्ला युद्ध अनुबम र परमाणु बमका आधारमा जितिन्थ्यो भने अहिलेका कोरोना भाईरसहरु अनुबम भन्दा मन्द तर हजारौ गुना शक्तिशाली भएर संसारलाई नयाँ युद्धको संखानद गरिरहेका छन् ?

विश्व महाशक्ति अमेरिका एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट पछि हट्दै छ र त्यहाँका राष्ट्रपति ‘अमेरिका फस्र्ट’ नारा सार्थक पार्न ट्विटरबाट संस्थापनइतर शासनको अभ्यासमा खुम्चिएका छन् । उता, चीन भने प्राप्त हरेक मोर्चालाई आफ्नो नेतृत्व क्षमता प्रदर्शनका रूपमा बदल्दै विश्व नेतृत्वको केन्द्रीय मञ्चतर्फ अघि बढिरहेको छ । अमेरिकाले पेरिस सम्झौता, इरान आणविक वार्ता र राष्ट्रसंघीय मानव अधिकार परिषद्बाट हात झिकेर बजेट कटौती गर्ने बाटो रोजिरहँदा सन् २०१९ देखि २०२१ को बीचमा राष्ट्रसंघीय बजेटमा चीनको योगदान १२ प्रतिशतले बढ्नेछ, सँगै विश्व मामिलामा प्रभाव पनि । ‘कम्युनिटी विथ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’ भन्ने नारासहित चिनियाँ राष्ट्रपति सीले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) दोस्रो विश्वयुद्धपछि अमेरिकाले अघि सारेको ‘मार्सल प्लान’भन्दा ठूलो र रणनीतिक तथा सामरिक महत्वकाे दृष्टिले अभूतपूर्व परियोजना हो । सन् २०४९ सम्म पूरा हुने ठानिएको परियोजनाको सफलतासँगै चीन विश्व अर्थव्यवस्था र कूटनीतिको केन्द्रमा हुने विश्लेषकको आँकलन छ । राष्ट्रपति सीलाई उद्धृत गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी दोहो-याइरहन्छन्– चीन विश्व मञ्चको केन्द्रमा अहिलेसम्मकै सबैभन्दा नजिक पुगेको छ ।

२१औँ शताब्दीको प्रथम दुई दशकमा विश्व राजनीति, अर्थतन्त्र र शक्ति सन्तुलनमा अनुमान गरिएभन्दा द्रुत परिवर्तन आएको छ । चिन्तकबीच पश्चिमप्रधान एक ध्रुवीयबाट बहुध्रुवीय बनिसकेको विश्वमा अब कसको वर्चस्व कायम होला भन्ने प्रश्नको जवाफ खोज्ने होड देखिन्छ । १३४ देशमा गरिएको सर्वेक्षणमा आधारित हालै सार्वजनिक ‘ग्यालप्स रेटिङ वल्र्ड लिडर्स–२०१९’ले विश्व नेतृत्वका लागि अमेरिकाभन्दा चीन उपयुक्त ठान्ने मानिस संसारमा बढी रहेको देखाएको छ । यो रेटिङमा चीनले सन् २००९ यताकै बढी ३४ प्रतिशत मत प्राप्त गर्दा अमेरिका भने ३१% मा खुम्चिएको छ । लाग्छ, इटालियन सम्राट नेपोलियन बोनापार्टले चीनलाई ‘सुतेको सिंह’सँग तुलना गर्दै ब्युँझिएमा संसार हल्लाउने भनेर गरेको भविष्यवाणी दुई शताब्दीपछि सत्यसाबित हुँदैछ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...