1478958692 banner ad format

 
 

काठमाडौँ - चीन, भुटान र भारतबीचको त्रिदेशीय सीमा क्षेत्र ‘डोक्लाम’ को विषयलाई लिएर सुरु भएको विवाद यतिबेला अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ । यद्यपि यो विवादमा भुटान छायामा परेको छ भने भारत र चीनबीचको तनाव बढ्दो अवस्थामा छ ।

war between China and India min

समस्या भारत र चीनबीचको नभएर भुटान र चीनबीचको सीमा विवादको समस्या हो । यी दुई देशबीच सीमा समस्या समाधानका लागि यसअघि भएका प्रयासले सार्थकता पाउन नसकेपछि पुनः अहिले डोक्लाम क्षेत्रमा यस्तो विवादको अवस्था देखिएको हो । भुटानका तत्कालीन प्रधानमन्त्री जिग्मे वाई थिन्लेको समयमा चीनसँगको सीमा विवाद समाधानका लागि २२ पटकसम्म वार्ता भए पनि त्यसलाई सफल हुन दिइएन । बरु उल्टो चीनसँगको सीमालगायतका समस्या समाधान गर्ने र एकअर्को देशमा दूतावास स्थापनासहित द्विपक्षीय समस्या हल गर्ने पक्षमा रहेका तत्कालीन भुटानी प्रधानमन्त्री थिन्लेको पार्टीलाई चुनावमा हराइयो । भुटानको सुरक्षासहितको मामला भारतकै छत्रछायामा कायम राख्ने काम भयो ।

डोक्लाम, झोगलाम, ड्रोकलाम विभिन्न नामले चिनिने ‘डोक्लाम पठार’ भुटान, चीन र भारतबीचको त्रिदेशीय सीमा क्षेत्र र हालको यादोङ्ग काउन्टी र भुटानको हा भ्यालीको बीचमा पर्छ । ऐतिहासिक रूपमा यो तिब्बतको यातुंग व्यापारिक क्षेत्रको भागसमेत हो । अहिले यही क्षेत्रमा भुटान र चीनको संयुक्त दाबी छ ।

डोक्लामको मुख्य क्षेत्र तिब्बतको चुम्बी भ्यालीअन्तर्गत पर्छ । सन् १८९० मा ब्रिटिस कमिसनर एडब्लू पाउल र चिनियाँ कमिसनर हो चांग–जुंगले हस्ताक्षर गरेको एङ्लो–चाइजिच सम्झौतामा समेत चुम्बी भ्यालीमा पर्ने उल्लेख छ । सन् १९८८ र सन् १९९८ मा चीन र भुटान दुवै राष्ट्र सीमा क्षेत्रमा शान्ति र स्थिरताका लागि लिखित सम्झौता गर्न सहमत भएका थिए । सन् १९६२ को भारत–चीन युद्धपछि भारतले भुटानका लागि बनाइदिएको नक्सामा डोक्लाम भुटानको सीमाभित्र समावेश गरिएको भारतकै बुद्धिजीवी तथा रुस र टर्कीलगायत देशका राजदूत समेत भइसकेका मेलकुलानगारा भद्रकुमारले उल्लेख गरेका छन् । भुटानले डोक्लाममाथि सन् २००० मा आएर मात्रै आफ्नो दाबी प्रस्तुत गरेको हो । आजको राजधानी दैनिकमा केशरमणि कटुवालले लेख लेखेका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood