baburam kantipathnewsकाठमाडौं । समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको सी चिनफिङको नेपाल भ्रमणका बेला मधेश केन्द्रित पार्टीका नेताहरुलाई वेवास्ता गरिएको प्रति आपत्ति जनाएका छन् । उनले चिनियाँ राष्ट्रपतिसँग मधेशी नेताहरुको पनि भेटघाट गराउनुपर्नेमा सरकारले वेवास्ता गरेको भन्दै विरोध जनाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकारको कार्यशैलीले गलत परम्पराको विकास भएको भन्दै यस्ता संवेदनशील कुरामा ध्यान पु-याउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे टिप्पणी गर्दै भट्टराईले उत्तरी देशका नेता आउँदा हिमाल/पहाड र दक्षिण देशका नेता आउँदा मधेश-तराई हेर्ने परम्परा सरकारले बसाल्न खोजेको आरोप लगाएका छन् ।

 

 चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणकालागि नेपाल र चीनको सरकारलाई हार्दिक वधाइ!तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्याएन कि?१.नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति/समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने थियो.. pic.twitter.com/QZGpUhmSu0

— Baburam Bhattarai (@brb1954) October 13, 2019

२. उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसंग पनि भेटाउनुपर्थ्यो;अन्यथा उत्तरी छिमेकीले हिमाल/पहाड र दक्षिण छिमेकीले मधेस/तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्! तैपनि सबैको जय होस्! pic.twitter.com/V7m9D6VioY

— Baburam Bhattarai (@brb1954) October 13, 2019

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले भनेका छन्, ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्यो । अन्यथा उत्तरी छिमेकीले हिमालरपहाड र दक्षिण छिमेकीले मधेसरतराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ !

’ भट्टराईले भावनात्मक कुरामा संवेदनशील हुनुपर्ने पनि बताएका छन् । भट्टराईले चिनियाँ राष्ट्रपतिको भ्रमणको बेला कार्यकारी प्रधानमन्त्री अगाडि सर्नुपर्नेमा राष्ट्रपतिलाई अगाडि सारिएको भन्दै विरोध जनाएका छन् ।

उनले औपचारिक वार्ता र सहमतिहरु कार्यकारीसँग गर्ने परम्परालाई ध्यान नपु¥याइएको पनि बताएका छन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...