tealaya add

india
नेपाल सरकारले आइतबार भारतीय मुलका ८ व्यक्तिको नागरिकता खारेजको विषयलाई लिएर भारतीय मिडियामा खलबली मच्चिएको छ ।
भारतीय पत्रिका जागरणले भारतीय नागरिकको नागरिकता खारेज गरिदिएको भन्दै नक्कली प्रमाण हेरेर नागरिकता दिने सरकारी कर्मचारीलाई कारबाही नगरी नागरिकता खारेज गर्नु कानुनको खिल्ली उडाउनु मात्र हो भन्ने अभिव्यक्ति दिएको छ यो हेर्नुहोस :

NEWS

मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर ११ मा राजेन्द्र महतो र अन्य ७ जनाको नागरिकता खारेज गरिएको निर्णय छ।

हेर्नुहोस निर्णय नं ११

झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका निम्न आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ, अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो।

निर्णयमा विभिन्न व्यक्तिहरुको नाम राखिएको तर उनीहरुको वास्तविक ठेगाना र अन्य विवरण केही पनि उल्लेख नगरेपछि यसबारे अनेक शंका उब्जिएका छन् ।

यद्यपि नागरिकता खारेजीमा परेका राजेन्द्र महतो पूर्व मन्त्री एवम् राजपा नेता नभएको गृहले जनाएको स्पष्ट पारेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...