annapurna add

Paras Sonica kantipathnewsकाठमाडौं । विवादित युट्युबर सोनिका रोकाया र पूर्वयुवराज पारस शाह एउटै बाइकमा बसेको तस्बिर केही अगाडि सामाजिक सञ्जालबाट सार्वजनिक भयो ।

तस्बिर सार्वजनिक भए लगतै सामाजिक सञ्जाल उनीहरुको निकटताको विषयमा विभिन्न अड्कल काटिए । उनीहरुको निकटतालाई प्रेम भन्ने पनि कम थिएनन् ।

सामाजिक संजालमा यो चर्चा सेलाउन नपाउँदै फेरि एउटा टिकटक भिडियो बाहिरियो । उक्त भिडियोले उनीहरुको निकटता र सम्बन्धको विषयमा थप कौतुहल थप्यो ।

केही महिना लगातार सोनिकासँग देखिन थालेका पारस र सोनीकाको विषयमा अनलाइनमा विभिन्न समाचार, सामाजिक सञ्जालमा ट्रोलहरु बन्न थाले ।

युट्युबमा ‘एडल्ट कन्टेन्ट’ भएको अन्तरवार्ता लिएर चर्चामा आएकी सोनिकाको पारससँगको यो निकटतालाई सामाजिक संजालमा पारसको घर बिगारेको भनेर गाली गर्ने पनि धेरै थिए।

तर यस विषयमा भने सोनिका मौन रहेकी थिइन् । अहिले भने उनले मुख खोलेकी छन् । उनले एक भिडियो सार्वजनिक गर्दै सो विषयमा आफ्नो भनाइ बाहिर ल्याएकी हुन् ।

उनले आफ्नो भनाईमा पारस सरकारसँगको विषयमा जोडिएर आएको आफ्नो समाचार र ट्रोलबाट आफूलाई चित्त दुखेको बताउँदै उक्त समाचार र ट्रोल भ्रामक भएको बताएकी छन् । बाइकमा चढेको टिकटक भिडियोलाई आधार बनाएर जथाभावी लेख्ने सञ्चारमाध्यमलाई उनले कटाक्ष गरेकी छिन्।

‘म कुनै रुम भित्र भेटिएकी छैन ।’ उनले भनिन् ‘बाइकमा चढेको तस्बिरको आधारमा सम्बन्धको विषयमा बिभिन्न अडकल लगाउँदै जुन समाचार बाहिर आएको छ । त्यो गलत हो ।’

अनलाइन सञ्चारमाध्यमले आफ्नो विषयमा आफूलाई नबुझी गलत समाचार छापेको बताएकी छन् । ‘पारस शाह र आफ्नो रिलेसनको विषयमा अहिले सबै कुरा बाहिर ल्याउन चाहन्नँ ।’ उनले थपिन् ‘हाम्रो बारेमा पहिले भ्रामक समाचार आएको छ । त्यसैले अहिले सत्य कुरा बाहिर ल्याउँदा कसैले विश्वास गर्दैनँ।’

सोनिकाले अनलाइन सञ्चारमाध्यमले आफ्नो समाचारको स्टाइलसमेत चोरेको आरोप लगाएकी छिन् ।

‘यो त मेरो स्टाइल भएन र ? मेरो तरिका कपी गरेको होइन र ? पैसाका लागि उहाँहरुले पनि आफ्नो दिमाग युज गर्नु भएन र ? पैसाका लागि ममात्रै दौडिएकी थिइनँ । वेस्टर्न एजुकेशनले यही सिकाउँछ । पैसा पैसा पैसा । र उहाँहरुले पनि त्यही गर्नुभयो । म कसरी गलत भएँ र तपाईंहरु कसरी सही हुनुभयो ? यदि अहिले आएर पनि तपाईं यस्ता हेडलाइनहरु युज गर्नुहुन्छ भने तपाईं कसरी सही हुनुभयो ? तपाईंको कन्टेन्ट चाँही सबै पोजिटिभ, टाइटल चाँही नेगेटिभ । टाइटल नेगेटिभ भएपछि कमेन्ट नेगेटिभ हुन्छ । मान्छेले सबै पढ्दैनन् । त्यही टाइटलमा नै केन्द्रीत रहने हुन् । यो मेरो स्टाइल कपी भयो नि।’

उनको स्टाइल कपी गर्ने अनलाइन मिडिया चाँही सही हुने, आफू चाँही कसरी गलत हुने भनेर प्रश्न गर्दै उनले चे’तावनीयुक्त लवजमा भनिन्, ‘टु दोज अनलाईन मिडिया । प्लीज बि क्यारफुल वीथ दिस् सोनिका ।’

याे पनि पढ्नुहाेस्सोनिका रोकायाले खोलिन् मुख

Paras Sonica kantipathnewsपूर्व युवराज पारस शाहसंग नाम जोडिएर समाचार प्रकाशित भएपछि यूट्यूबर तथा मोडल सोनिका रोकायाले प्रतिक्रिया दिएकी छिन् । उनले एक अनलाइनसंगको कुराकानीमा बाहिर आएका समाचारहरुमा सत्यता नरहेको र तथ्य नबुझी झुट समाचार लेखीएकाे बताएकी छिन् ।

सोनिकाले भनिन्,"उहाँको छवि पनि विवादास्पद छ र म पनि" यसले यस्तो भनिएको हो। मेरो लाउन्जमा उहाँ आइरहने भएकाले अलि निकट छु। म परिचितहरू सबैसँग उस्तै किसिमको ख्याल ठट्टा गर्छु ।

अरू धेरैको बाइकमा कफी पिउन गएको छु, साथीका रूपमा। यो पनि त्यस्तै हो’, उनले भनिन्, ‘एउटा केटा हिँडेको भए यस्तो केही हुँदैन थियो होला। केटी भएँ त्यसैले यस्तो भएको हो । हुन त मेरा राम्रा कुरा लेखिन्न, यस्तै त लेखिने हुन्। मेरो बारेमा मलाई नसोधी लेखिएको छ।’

पूर्व युवराज पारसले सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि उनीहरुबारे विभिन्न टिका टिप्पर्णी सुरु भएको हो । त्यसो त दरवारमार्गको एक रेष्टुरेन्टसहितका केही स्थानमा बाक्लैरूपमा एकसाथ देखिन थालेपछि उनीहरूबीच निकटताका बारेमा चर्चा चल्न थालेको हाे ।

याे पनि पढ्नुहाेस् : ‘देख्यौ त राजा-रानी ?’

Tiger Paras Damaru Sonicaकाठमाडौं । अहिले सामाजिक सञ्जाल टिकटकमा पूर्वयुवराज पारस शाहको एउटा भिडियो भाइरल बनेको छ । सुमन नामको अकाउन्टबाट अपलोड गरिएको उक्त भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक सुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् ।

भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् । ‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् ।

parash kantipathnews

तर, १५ सेकेन्डको यो भिडियोको इन्डिङ अर्कै तरिकाले हुन्छ । अलि परबाट एक सुन्दरी आउँछिन् र सरासर पारसको मोटरसाइलको पछाडि सिटमा बस्छिन् । लगत्तै पारसले आफ्नो बाइक हुइक्याउँछन् ।

यी कुनै अपरिचित युवती भने होइनन् । उनी हुन् यूट्यूवर सोनिका रोकाया । यूट्यूवमा उछृङ्खल र अश्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी उनी पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् । योभन्दा अगाडि पनि एउटा नाइट क्लवमा पारस पृष्ठभूमिमा देखिने गरी सोनिकाको केही टिकटक भिडियो आएका छन् ।

तीन छोराछोरीका बुवा पारसको लामो समयदेखि पत्नी हिमानीसँग सम्वन्ध राम्रो छैन । बैंककमा बस्दा उनी एक थाई युवतीसँग प्रेममा थिए । नेपाल फर्किएपछि पनि उनी सुध्रिएको लक्षण देखिँदैन । पछिल्लो समय सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । कतिपयले उनीहरु प्रेममा परेको अड्कल पनि काटेका छन् ।

त्यसो त सोनिकासँग पारसको मित्रता मात्रै पनि हुन सक्छ । क्लवमा सँग बस्दा वा वाइकमा सँगै हिँड्दा त्यो प्रेम प्रमाणित हुँदैन । फेरि सोनिका जसरी हुन्छ चर्चामा आउन चाहने युवती हुन् । उनले चर्चाकै लागि पारसलाई अस्त्र बनाउन खोजेको पनि हुन सक्छ ।

भिडियोमा धेरैले पूर्वयुवराज जस्तो व्यक्तिले एउटी उछृङ्खल युवतीसँग यसरी नारिएर हिँड्नु शोभनीय नदेखिएको टिप्पणी गरेका छन् । कतिले चाहिँ ‘देख्यौ त तिमीहरुका राजारानी ?’ राजावादीहरुलाई व्यंग्य पनि गरेका छन् । भाइरल भिडियो पोखराको भए पनि कहाँनेरको र कहिले खिचिएको हो भन्ने चै खुलेको छैन । 

याे पनि पढ्नुहाेस् : बाघ पारस, डमरू सोनिका

Tiger Paras Damaru Sonica

पुर्वयुवराज पारश शाह गलत कामका कारण चर्चामा रहिरहन्छन् । विमानस्थलमा पारशले प्रहरीमाथि गरेको दुव्र्यवहारको चर्चा चल्यो। उनले छोरा हृदयन्द्रको अनुहारमा प्रहरीको डण्डा देखेपछि होश गुमाएको समाजिक संजालमा बताएका थिए ।

यसअघि पनि ट्राफिक प्रहरीलाई दुव्र्यवहार गरेका थिए । शाहको उदण्ड व्यवहार जतिनै सार्वजनिक भएपनि उनलाई कानुनले नछोएको प्रतिक्रियाहरु आएको छ । पारशको छवि सुध्रेको समाचारहरु नआउँदै उनको झगडा सार्वजनिक हुने गरेको छ । कहिले ट्राफिक प्रहरीमाथि नै गाडी कुदाउन खोज्ने त कहिले ड्युटिमा रहेका प्रहरीलाई धकेलेको घट्ना सार्वजनिक भएपछि पारश विवादमा तानिएका हुन् ।

उदण्ड स्वभावका पारश क्लबमा भने खुलेको देखिन्छन् । केहि पहिला मोडल सोनिका रोकायाको संयुक्त तस्बिर समाजिक संजालमा भाइरल नै बनेको थियो।

काठमाडौंको दरबारमार्गमा रहेको लिक्वीड लाउञ्ज एण्ड बारको संचालक समेत रहेकि रोकायासँग पूर्वयुवराज पारस शाहको तस्बिर सार्वजनिक भएपछि निकै नकाराक कमेन्ट अाए । पछिल्लो समयमा उनमा आध्यात्मिक बन्ने रहर जागेको पनि उनीनिकटका श्रोतले बताएका थिए । तीनपटक हृदयघात भइसकेको पारशको पारिवारिक सम्बन्ध अहिले भने राम्रै देखिन्छ ।

थाइल्याण्डबाट फर्केपछि उनलाई बुवा ज्ञानेन्द्रले स्विकारेका थिएनन् । तर अहिले भने राजधानीका नाइट क्लबहरुमा पुर्वराजपरिवारको जमघट देखिने गरेको छ । पुर्वराजा ज्ञानेन्द्रसँगै बसेको तस्बिरहरु पनि सार्वजनिक भएका छन् ।

‘बाघ जहिले नि बाघ नै हुन्छ, जहाँ पनि गर्जने क्षमता राख्छ। बिरालो सम्झेर बाघलाई जिस्क्याउने चेष्टा नगरे हुन्छ।’

पुर्वयुवराज पारस शाहलाई मोडल सोनिका रोकाया ‘बाघ’ सम्बोधन गर्छिन्। त्रिभुवन विमान स्थलमा प्रहरीलाई चेकजाँचका क्रममा हातपात गरेपछि पारस विवादमा तानिए।

पारसलाई समर्थन गर्दै सोनिकाले फेसबुकमा लेखेकी छन् ।

उक्त पोस्ट सहितको तस्बिरमा भने सोनिका डमरुसरह बाघको अँगालोमा देखिन्छिन्। उनी बाघका दुई पञ्जाले घेरिएकी छन्। अब डमरुलाई बाघको पञ्जासँग केको डर ?

प्रकासित मिति

Loading...
Loading...

 

Loading...