annapurna add

सभामुख सापकोटाद्वारा सम्पूर्ण जिम्मेवारीबाट राजीनामा (विज्ञप्तिसहित)

agni newsसभामुख अग्नि सापकोटाले आफू नेपाल कम्युनिस्ट पार्टी  नेकपाको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेबारीबाट राजीनाना दिएका छन् ।

सभामुखको पदभार ग्रहण गरेपछि प्रेस विज्ञप्ति जारी गर्दै सापकोटाले ‘राजनीतिक दलको सदस्यबाट अलग रहेको’ जनाएका हुन् ।

‘संघीय संसदको प्रतिनिधि सभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’सापकाेटाले  विज्ञप्तिमा भनेका छन्  ।

sabhamukh rajinama

सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

यसैबीच नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छिन् ।

आइतबार सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेकी हुन् । यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गरेकी थिइन् । सो क्रममा राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको बताइएको छ । नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालस्थित कुटनीतिक नियोगको पहिलो व्यक्ति हुन् ।

मुद्दा हेर्दाहेर्दैमा

यता, सभामुख सापकोटाविरुद्धको मुद्दामा सोमबार सुनुवाई नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुख नियुक्त नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए।

काँग्रेसमा फेरियो अधिवेशनको कार्यतालिका
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकले ११ पुसमा बसको केन्द्रीय समितिबाट बहुमतका आधारमा गरिएका केही निर्णय सच्याएको हो ।

महाधिवेशको मिति २०७७ फागुन ७–१० लाई कायम राखेर तालिका तहको अधिवेशन तालिका संशोधन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । संशोधन गरिएको कार्यतालिका अनुसार वडा अधिवेशन – १६ कात्तिक, गाउँ तथा नगरपालिका अधिवेशन – १८ कात्तिक र ३३० क्षेत्रीय अधिवेशन – २१ कात्तिकका लागि तय गरिएको छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्र र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाको अधिवेशन – २१ कात्तिक र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन – २३ कात्तिक हुने छ ।
यता ७ प्रदेशको अधिवेशन–२९ मंसिरका लागि तय गरिएको छ । बैठकले ७ सदस्यीय क्रियाशील सदस्यता छानविन समिति बनाउने निर्णय पनि गरेको छ । यसअघि मंसिरबाट सुरु हुने गरी तल्लो तहको अधिवेशनकाको कार्यतालिका तय गरिएको थियो । यसअघि मंसिरबाट सुरु हुने गरी तल्लो तहको अधिवेशनकाको कार्यतालिका तय गरिएको थियो ।

संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा छलफल भएको थियो । सदस्यमा सभापति शेरबहादुर देउवा पक्षबाट ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला पक्षबाट एक जनालाई समावेश गरिने छ ।समितिका संयोजक र सदस्यहरुको मनोनयन सभापतिले आवश्यक परामर्श गरी गर्ने छन् ।

पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जन सहित आज पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गरी निर्णय भएको छ । अर्को बैठक माघ २३ गते बोलाइएको छ ।

त्यसैगरी पार्टीको क्रियाशील सदस्यता वितरण गर्नु अघि माघ मसान्तसम्ममा पार्टी विधानको दफा ७२ बमोजिम तल्लो तहमा अन्तरिम संरचना समायोजन गर्न बाँकी कार्य टुंगो लगाउने सहमति भएको छ। यसअघि विवाद चर्किएर नगएको भए उक्त समायोजनको प्रक्रिया पुसभित्रै गरिसक्ने कार्यतालिका रहेको थियो।

त्यसपछि लगत्तै फागुन र चैतभित्रमा क्रियाशील वितरण र नविकरण विधान बमोजिम गरिसक्ने र त्यसपछि चरणबद्ध रुपमा क्रियाशील सदस्यतामाथिको दाबी विरोध, छानविन लगायतका प्रक्रिया साउन भित्र सक्ने तयारी काँग्रेस गरेको छ।

यस्तै अब बन्ने समितिले १३ औं महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको समितिलाई दिएको टीओआर नै दिने सहमति यसअघि नै भएको छ ।

काँग्रेसमा हानाहान

नेविसंघमा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेका छन् ।

काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए । सो क्रममा दुई पक्षबीच झडप हुँदा नेविसंघ पूर्वमहामन्त्री कुन्दन राज काफ्ले सामान्य घाइते भएका छन् । अनसनरत समूहलाई समर्थन गर्दै आएका काफ्लेको मुखमा चोट लागेको छ ।
यसैबीच दुई पक्षबीच सोमबार बेलुका पनि झडप भएको छ ।

कोरोनाको त्रास: थप एक नेपालीमा संक्रमण पुष्टि !

coronavirusनेपालभर कोरोना भाइरसको त्रास भईरहेका बेला थप एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। चीनबाट फर्किएका दुई नेपालीमध्ये एक जनामा संक्रमण पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जनाएको छ।

चीनबाट फर्किएका एक महिला र पुरुषमा कोरोना भाइरसको आशंका गरिएको थियो। परीक्षणका लागि हङकङ पठाइएका नुमनामध्ये ४८ वर्षीय महिलामा कोरोना भाइरस पुष्टि भएको र २८ वर्षीय पुरुषमा भने कोरोना भाइरसको संक्रमण नभेटिएको अस्पतालले जनाएको छ। योसंगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई पुगेको छ।

कोरोना भाइरसको लक्षण
कोरोना भाइरसले संक्रमण गर्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने लक्षण देखिन्छ। यसको लक्षण फ्लुसंग मिल्दोजुल्दो हुन्छ, त्यसैले रुघाखोकी लागेका व्यक्तिबाट सतर्क रहनुपर्छ।

जोगिन के गर्ने?
श्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा जानु हुँदैन। भिडभाडमा जानै परेमा मास्कको प्रयोग गर्ने । व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन आवश्यक छ। साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खाने कुरामा ध्यान दिन आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले सुझाब दिएको छ। हालसम्म यसको कुनै पनि भ्याक्सिन पत्ता लागि नसकेकाले पनि उच्च सावधानी अपनाउनुपर्ने आवश्यकता छ।

बालुवाटारको जग्गा अनियमितता गर्नेहरुलाई केही दिनमै कारबाही हुन्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटार स्थित ललिता निवासको जग्गा अनियमितता गर्नेहरुलाई केही दिन भित्रमा कारबाही गर्ने तयारी भइरहेको बताएकी छिन् ।

Padma Aryal minister

मन्त्री अर्यालले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र मन्त्रालयले काम गरिरहेको र केही जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको बताइन् । तर अबको केही दिनमा कारबाही गर्ने उनले बताइन् ।

उनले मन्त्रालयले पहिला नै काम सकेको भएपनि अदालतले प्रश्न उठाएका कारण मन्त्रालयले गरेको मिहिनेत खेर गएको समेत बताइन् ।

उनले भनिन्, ‘बालुवाटारको सन्दर्भमा अख्तियार र सिआईबीले यसमा संलग्न भएका व्यक्तिहरुको बयानसम्म गराउने कुराको निम्ति सयौं संख्याका मान्छेहरुलाई बयान गराउँदाखेरी ढिलो भएको छ, हामी फिर्ता गर्ने तयारीमा थियौं, त्यसो गर्दा आज प्रश्न उठेको छ, हामीले काम गछौं अदालतले प्रश्न उठाएको छ, सरकारले काम गर्छ राम्रो नियतका साथ काम गर्छ अनि अदालतले प्रश्न उठाइदिन्छ, प्रश्न उठाइदिएपछि हाम्रो मिहिनेतहरु खेर गएका छन् , यो विषयमा कहिं कतैबाट प्रश्न उठने ठाउँ नरहोस सबै विधि पु-याएर जाउँ भन्दा हामीलाई ढिला भएको हो ।’

मन्त्री अर्यालले देशभर जग्गाको व्यवस्थापन गर्न भूउपयोग ऐन निर्माण गरेको र त्यसमार्फत जमिनको वर्गिकरण र भूमि बैंकको अवधारणा ल्याउन लागेको बताउनुभयो । अब जग्गाको कारोबार गर्ने सरकारी निकाय चाहिन्छ भन्ने उद्देश्यले भूमि बैंकलाई जग्गाको कारोबारसमेत गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो ।

मन्त्री अर्यालले सार्वजनिक सरकारी जग्गा जाँचबुझ आयोगले दिएको प्रतिवेदनअनुसार कूल ४ सय ४६ विगाहा ४३ रोपनी जग्गा फिर्ता गर्नुपर्ने बताइन् । त्यसमा सर्वो जलाधार क्षेत्रको ३ सय ४८ विगाहा अस्पस्ट भएकोले प्रकृया अगाडि बढाएर काम गर्ने तयारी गरेको र वागेश्वरी गुठी नेपालगञ्जको ८४ विगाहा तथा बाँकेको पुर्नवास, मकवानपुर रौतहट, भोजपुर, कास्की लगायतका ठाउँका जग्गा पनि फिर्ता गर्ने प्रकृयामा गएको बताइन् ।

मन्त्री अर्यालले देशभर १३ लाख ३३ हजार ७ सय ८३ वर्गमिटर जग्गाको कारोबार रोक्का गरिएको, २६ हजार १ सय ७६ हेक्टरको पुनः नापि, गाउँ ब्लक र विशेष नापि गरिएको जानकारी समेत दिइन् । त्यस्तै अहिलेसम्म १ सय ८ वटा मालपोत कार्यालयमा अनलाइन सम्पन्न गरिएको र बाँकी कार्यालयलाई पनि अनलाइन गरिने कार्यलाई तिब्रता दिइएको बताइन् ।

गायिका राउतलाई ४ दिन हिरासतमा राखिने !

Aastha raut cover news kantipath

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

एक वर्षसम्म कैद र १० हजार जरिवाना हुन सक्ने !

तर गायिका राउत आजै रिहा हुने स्राेतकाे दाबी भएपनि प्रहरीले भन्ने फेरि अर्काे चाल चलेकाे छ । 

यही माघ १ गते विमानस्थलमा सुरक्षा जाँचका विषयलाई लिएर महिला प्रहरी रमिता श्रेष्ठ र गायिका राउतबीच विवाद भएको विषयलाई गायिका राउतले नै भिडियोसहित सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

Breaking : गायिका आस्था राउत पक्राउ

यसै विषयमा महिला प्रहरी श्रेष्ठले मुख खोल्दै राउत विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा अभद्र व्यवहार विरुरद्ध उजुरी दिएकी थिइन् ।

राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।

'सामन्तवाद विरुद्धको युद्ध जित्न अझै बाँकी छ'- अध्यक्ष प्रचण्ड

prachanda in programनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको एउटा लडाइँ जिते पनि सम्पूर्ण युद्ध भने जित्न बाँकी रहेको बताएका छन् । आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा–सभा तथा शपथ–ग्रहण समारोहको राजधानीमा उद्घाटन गर्दै उनले भने, ‘हामी अझै एकतावद्ध हुनुपर्ने र बदलिएको परिस्थितिमा हिजोको आन्दोलन र बलिदानबाट जे जति उपलब्धी प्राप्त भएको छ, तिनको रक्षा गर्ने कुरामा सतर्क रहनुपर्ने भएको छ ।’

जबसम्म सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चितता गरिँदैन र सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरुलाई विशेष अधिकार सहित अगाडि ल्याउने वातावरण बनाइँदैन तबसम्म समानताको मात्रै कुरा गर्नु भ्रम हुन जाने उनको भनाई थियो । उनले भने, ‘हामीले यो बिषयलाई जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको तयारीसँग जोडेर हेर्न आवश्यक छ ।’

अध्यक्ष प्रचण्डले पूँजीपतिहरु र साम्राज्यवादीहरुले जातीय प्रश्नको कुरा गर्दा जहिले पनि साप्रदायिक विद्वेष फैलाउने र जाति जातिको बीचमा लडाइँ सृष्टि गर्ने गर्दै आएको बताए । उनले अगाडि भने, ‘तर कम्युनिष्टहरुले भन्ने गरेको जातीय हक, अधिकार र मुक्तिको कुरा बुर्जूवाहरु र साम्राज्यवादीहरुले भनेको भन्दा विल्कुल फरक कुरा हो । यही निर कहिले काही बुद्धिजीविहरु पनि भ्रममा पर्ने गर्दछन् ।’

जातिय हक अधिकार साप्रदायिकताको बिषय नभई मुक्ति र समानताको बिषय भएको बताउँदै जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादी क्रान्तिको तयारी गर्ने बिषय भएको उनले स्पष्ट पारे । उनले भने, ‘जबसम्म वर्गीय मुक्ति र जातिय मुक्तिको ठीक ढंगले परिभाषित गरेर अगाडि बढिदैन, न जनवादी क्रान्तिले पूर्णता प्राप्त गर्ने न समाजवादी क्रान्तिको तयारी राम्रोसँग हुन्छ । त्यसकारण कम्युनिष्ट पार्टीको निम्ति र मार्क्सवादीहरुको निम्ति निकै ठूलो सैद्धान्तिक र रणनैतिक महत्वको प्रश्न हो ।

विद्यार्थीलाई मेडिकल कलेज सञ्चालककाे धम्की !

काठमाडौं : चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी रकम नदिने विद्यार्थीलाई भर्ना नगर्ने धम्की मेडिकल कलेज सञ्चालकले दिएका छन्। सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै उनीहरूले विद्यार्थीसँग थप रकम मागिरहेका छन्।  कलेज सञ्चालकको मनपरिविरुद्ध देशव्यापी आन्दोलनमा उत्रेका विद्यार्थीहरूले सरकारले तोकेकै शुल्कमा कलेज सञ्चालकले भर्ना नगरे फेरि आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

Medical College Operator

सरकारी निर्णयअनुसार एमबीबीएस अध्ययनका लागि मेडिकल कलेज सञ्चालकले उपत्यकाभित्र ४४ लाख र बाहिर ४० लाख रुपैयाँ मात्र लिन पाउँछन्। यो शुल्कको एक तिहाइ रकम सुरुमा विद्यार्थीले आफू पढ्ने कलेजले सम्बन्धन पाएको विश्वविद्यालयमा बुझाउनुपर्छ। बाँकी रकम विभिन्न किस्तामा सम्बन्धित कलेजलाई बुझाउनुपर्ने चिकित्सा शिक्षा ऐनमा छ। अहिले एमबीबीएस प्रथम वर्षका विद्यार्थीको भर्ना चलिरहेको छ। प्रथम वर्षका अधिकांश विद्यार्थीले कानुनी व्यवस्थाअनुसार पहिलो चरणको रकम सम्बन्धित विश्वविद्यालयमा बुझाइसकेका छन्।

विश्वविद्यालयमा रकम बुझाएर पढाइको मितिबारे जानकारी लिन कलेज जाँदा सञ्चालकले अतिरिक्त शीर्षकमा रकम माग्न थालेको गुनासो विद्यार्थीले गरेका छन्। सरकारले तोकेको रकमबाहेक विद्यार्थीले नेपाल मेडिकल काउन्सिलले तोकेको दर्ता शुल्क मात्र अतिरिक्त रुपमा बुझाउनुपर्छ। ‘योबाहेक विद्यार्थीले पढाइका लागि कुनै रकम बुझाउनुपर्दैन,’ चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डा. हरिप्रसाद लम्सालले भने। तर अहिले नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेजलगायतले पढाइबारे बुझ्न गएका विद्यार्थीसँग ६ लाख रुपैँया अतिरिक्त शुल्क मागिरहेको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले बताए।

उनका अनुसार यी कलेज गएका विद्यार्थी तथा तिनका अभिभावकले कलेज सञ्चालकले आफूखुसी शीर्षकमा शुल्क मागिरहेका छन्। ‘६ लाख रुपैयाँ थप रकम नदिए भर्ना नगर्ने धम्की कलेज सञ्चालकले विद्यार्थीलाई दिइरहेका छन्,’ प्रवक्ता कडरियाले भने, ‘कतिपय कलेजले इन्टर्नसिपका लागि भनेर समेत शुल्क मागिरहेका छन्। जबकि विद्यार्थीले इन्टर्नसिप गर्न अझै पाँच वर्ष बाँकी छ।’

कलेज सञ्चालकले मानसिक तनाव दिने त्रासले विद्यार्थीले नाम सार्वजनिक गर्न मानेका छैनन्। चिकित्सा शिक्षा आयोगका सदस्यसचिव लम्सालले पनि मौखिक रुपमा यस्तो गुनासो आएको बताए। ‘तर लिखित रुपमा गुनासो नआउँदासम्म कारवाही प्रक्रियामा जान सकिँदैन,’ उनले भने।

इन्टरनेट सेवा ठप्प !

रारा : मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटका साबिकका कर्णालीका जिल्लामा एक महिनादेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो । गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्वारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि यी जिल्लाहरु सञ्चारविहीन भएका हुन् ।

Karnali Internet

टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकका अनुसार कर्णालीमा बाक्लो हिमपातपछि नेपाल टेलिकमको दैलेखको महावु र जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्कमा समस्या आएको, पटकपटक प्राविधिक टोली लेखमा चढ्न खोजे पनि मौसममा आएको खराबीका कारण लेख चढ्न नसकेर समस्या लम्बिएको, शुक्रबारबाट मौसममा सुधार आएकाले शनिबार प्राविधिक टोली महावु लेखमा पुगेकाले सम्भवतः सोमबारसम्म इन्टरनेट सेवा अवरुद्ध भएका जिल्लाहरुमा सेवा सञ्चालन हुनेछ ।

इन्टरनेट सेवा नचलेपछि जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंकहरु र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाशचन्द्र भामका अनुसार एडिएसएल इन्टरनेट नचल्दा बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको, बैंकका सबै प्रणाली चलाउन समस्या भएको बताउछन । उनी बैंकमा बचत, लगानी र भुक्तानी गर्न आउने सेवाग्राहीका लागि बैंकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट चलाए पनि भिस्याटको गति सुस्त हुँदा समस्या भएको बताउछन ।

यता छायाँनाथ रारा नगरपालिका–४ का पृथ्वीबहादुर महताराले दुई हप्ताअघि मलेशियाबाट घरपरिवारका लागि घरखर्च गर्न पैसा पठाएको भए पनि मुगुमा रहेका आफ्ना परिवारले भुक्तानी पाउन नसकेको फोनमार्फत बताए । इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फारम भर्न र राजस्व दस्तुर जम्मा गर्न पनि समस्या भएको आयोग तयारी गरिरहेका विद्यार्थीहरु बताउँछन् ।

यस्तै मुगुमा रहेका बैंकहरु, ठूला वित्तीय संस्थाको कारोवार सफ्टवेयरमार्फत हुदै आएको र सफ्टवेयर अनलाइनमा मात्र चल्ने भएकाले मुख्य गरी लघुवित्तको कारोवार गर्न समस्या भएको र लगानी, बचत, भुक्तानी जस्ता कार्य गर्न समस्या भएको छायाँनाथ सहकारीका कोषाध्यक्ष हरिबहादुर शाही बताउछन ।

इन्टरनेटजन्य कामहरु महिना दिनदेखि नहुदा सेवा लिनका लागि टाढाटाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही निरास भएर फर्कने गरेका छन् भने देशकै प्रमुख पर्यटकीय क्षेत्र रारामा फोरजी सेवासमेत नचल्दा यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले राराको सौन्दर्यता इन्टरनेटमार्फत आफन्तजनसँग साट्न पाएका छैनन् ।

हेलिकोप्टर दुर्घटना : चर्चित खेलाडीसहित ९ जनाको मृत्यु

अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

basketball legend

क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो । लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ ।

पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल खेलमा महान् खेलाडीको सूचीमा राखिन्छ । एनबीएले एक वक्तव्य जारी गर्दै कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानाको निधनले आफूहरु स्तब्ध भएको बताएको छ ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे लास भिरगेनेसभन्दा नजिकै एक मैदानमा हेलिकोप्टर खसेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाअघि हेलिकोप्टरको इन्जिनमा अनौठो आवाज आएको थियो ।

लस एन्जलिस लेकर्सबाट २० वर्ष बास्केटबल खेलेका ब्रायन्टले सन् २०१६ को अप्रिलमा खेलबाट सन्यास लिएका थिए । सन् २००८ मा उनी एनबीएका सबैभन्दा मूल्यवान खेलाडी बनेका थिए भने दुई पटक एनबीएको फाइनलमा उत्कृष्ट खेलाडी चुनिएका थिए । उनी दुई पटक एनबीएमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडी बनेका थिए भने दुईपटक ओलम्पिक च्याम्पियन बनेका थिए ।

सन् २००६ मा उनले टोरोन्टो र्याप्टर्सविरुद्ध उनले ८१ अंक स्कोर गरेका थिए । एनबीएको इतिहासमा एकै खेलमा गरिएको दोस्रो ठूलो स्कोर थियो ।

सन् २०१८ मा डियर बास्केटबल नामक सर्ट फिल्मका लागि ओस्कार पनि जितेका थिए । सन् २०१५ मा उनले आफ्नो प्रिय खेलका लागि लेखेको प्रेम पत्रका आधारमा उक्त ५ मिनेटको चलचित्र बनाइएको थियो ।

ब्रयान्ट र उनकी पत्नी भेनेसाका अन्य तीन छोरी नटालिया, बियान्का र क्याप्री रहेका छन् ।

यतिबेला ब्रायन्टको श्रद्धाञ्जलीले सामाजिक सञ्जाल भरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा, उसेन बोल्ट, र्यापर कान्ये वेस्टलगायतले सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । 

पुरा पढ्नुहाेस् : https://www.kantipath.com

प्रकासित मिति

Loading...
Loading...

 

Loading...