tealaya add

kiran kantipathnews

नेपाली काँग्रेस बाँकेले  दोश्रो चरणको राष्ट्रिय जनजागरण अभियान अन्तर्गत बाँकेको सीतापुरमा बिहिवार भएको कार्यक्रममा अवरोध भएको जनाएको छ । नेपाली काँग्रेस बाँकेले बिहिवार आकस्मिक पत्रकार सम्मेलन गरि प्रहरीको सहयोगमा सत्तारुढ नेकपाका कार्यकर्ताबाट आफुहरुको कार्यक्रममा अवरोध सिर्जना भएको दावी गरेको छ । नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाच्चिएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधी विद्याप्रसाद खनालले  आफुहरुमाथी सत्ताधारी पार्टीका कार्यकर्ताबाटै आक्रमण भएको टिप्पणी गर्नुभयो ।  काँग्रेस बाँकेका सभापति किरण कोइरालाले आफुहरुको शान्तिपूर्ण कार्यक्रममा नेकपा कार्यकर्ताले हस्तक्षेप गरि आक्रमण गरेको दावी गर्नुभयो ।

जागरण अभियान अन्तर्गत बुधबार खजुरा गाउँपालिकाको राधापुरमा काँग्रेसले गरेको कार्यक्रममा काँग्रेसकै एकजना कार्यकर्ताले सडक निर्माणमा अनियमितता भएको भन्दै एकजना काँग्रेस कार्यकर्ताले बालेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे  । आप्mनो अनुमति विना इडिट गरि भिडियो सार्वजनिक भएको भन्दै काँग्रेसकै कार्यकर्ता भुवन थापाले काँग्रेसकै कार्यकर्ता असलम भाटविरुद्ध प्रहरीमा उजुरी दिएपछि घटना भएको छ ।

उजुरीपछि प्रहरीले बोलाउदा उपस्थित नभएपछि भाटलाई छलफलका लागि बोलाउन गएको प्रहरी टोलीलाई बिहिवार काँग्रेस नेताहरुले कार्यक्रम समापन हुँदासम्म पर्खन आग्रह गरेका थिए । तर सोही क्रममा नेकपाका केही कार्यकर्ताहरु एक्कासी काँग्रेसको कार्यक्रम हलभित्र प्रवेश गरी भाटलाई प्रहरीलाई बुझाउनुपर्ने दबाब दिए । सोही क्रममा काँग्रेस सभापति कोइरालालाई चोट लागेको प्रत्यक्षदर्शीले बताए ।

सभापतिलाई आक्रमण गर्ने कसैको नियत होइन, घटनाका समयमा प्रत्यक्षदर्शी काँग्रेसका एक नेताले भन्नुभयो,– अस्लामको मोवाईल खोस्ने समूह र मोवाईल खोस्न राक्ने उहाँ कोइरालालाई चोट लागेको हो । 

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...