annapurna add

काठमाडौँ । थप ११६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ६९७ छ ।

हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५ रहेको छ ।

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
रौतहटका ३६ वर्षीय पुरुषको बुधबार दिउँसो साढे २ बजे मृत्यु भएको मन्त्रालयले जनाएको छ।

याे सँगै मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।

यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...